फोटोःपत्रकार प्रतिक्षा न्यौपाने
७ भदौ, हेटौंडा । बिहिबार बिहान पुर्व पश्चिम लोकमार्ग अन्र्तगत मकवानपुर र बाराको सिमाना पर्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थ यात्री बोकेको बस दुर्घटनामा मृत्यु भएका ७ जनाको शनाखत भएको छ भने घाइते सबैको परिचय खुलेको छ ।
बस दुर्घटनामा मृत्यु हुनेमा ६ भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका छन् । मृतक चार महिला र तीन पुरूषको सनाखत भएको छैन । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पताल र बाँकी १७ को हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बिहिबार बिहान दुर्घटना भएको हो । बस चुरियामाई मन्दिर नजिक ओरालेको खोलामा खसेको थियो । दुर्घटनापछि फरार रहेका चालक सहित ३ जनालाई धनुषाबाट प्रहरीले पक्राउ गरिसकेको छ ।
दुर्घटनामा मृत्यु हुनेहरूमा भारत राजस्थान बस्ने वर्ष ६७ का बहादुर सिंह, सोही स्थान बस्ने वर्ष ६० की सत्यवती, वर्ष ७० को राजेन्द्र चतुरबेदी, वर्ष ६५ की श्रीकान्त चतुरबेदी, वर्ष ६७ की बैजन्ती देवी, वर्ष ६५ की मिरा देवी, महोत्तरी लोहारपटी–५ बस्ने वर्ष ४१ को विजय लाल रहेका छन् ।
घाइते हुनेमा भारत राजस्थान बस्ने वर्ष ४८ को घनश्याम चतुरबेदी, वर्ष ५३ की माया देवी, वर्ष ३५ को अनिल कुमार, वर्ष ५० को तारा वती चतुरबेदी, वर्ष ९ की क्रितिका चतुरबेदी, वर्ष ४८ को श्याम लाल माली, वर्ष ४७ को हरवारी माली, वर्ष ७० की चौथी देवी, वर्ष ७२ को सुरेस चन्द्र चक्रवती, वर्ष ६३ को धरम सिंह, वर्ष ६० की ईन्दु धाकद, वर्ष १६ की गर्बिदा चतुरबेदी, वर्ष ५४ को राम कुमार चतुरबेदी, वर्ष ७३ को राम प्रसाद पि, महोत्तरी लोहारपति–५ बस्ने वर्ष २६ को जसबेन्दर पासवान, नेपालको धनुषा मौवा गाउँपालिका–१८ जनकपुर बस्ने वर्ष ४१ को घुरन मण्डल, महोत्तरी जलेश्वर नगरपालिका बस्ने वर्ष ३८ को बिहारी मुखिया रहेका छन् ।
घाइतेको अवस्था बुझ्न बाराका प्रजिअ नवराज सापकोटा, मकवानपुरका प्रजिअ सूर्य प्रसाद सेढाई, मकवानपुरका प्रहरी प्रमुख एसपी सिताराम रिजाल, बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीसहितको टोली घाइतेको उपचार भइरहेको चुरेहिल र हेटौँडा अस्पताल पुगेका छन् । घाइतेहरुको उपचारमा कुनै कमी नगर्न अस्पताल प्रशासनलाई आग्रह गरेको मकवानपुरका प्रजिअ सूर्य प्रसाद सेढाईले बताए ।
फोटोःजिल्ला प्रहरी कार्यालय बारा
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















