८ भदौं,हेटौंडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरले मिस्टर मकवानपुर-२०८० आयोजना गर्ने भएको छ ।महासंघले आगामी असोज १३ गते तेस्रो मिस्टर मकवानपुरको आयोजना गरिने जनाएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारे जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष राजेश भेटवालले कोभिडको महामारिका कारण रोकिएको र यस पटक हुने प्रतियोगितामा ५५,६०,६५,७०,७५ केजी तौल समूहमा प्रतिस्पर्धीलाई सहभागिता गराउने र राष्ट्रिय निर्णायकहरुले रहेने बताए ।प्रतियोगितामा प्रत्येक तौल समूहको विजेतालाई १० हजार प्रदान गरिने जनाइएको छ ।
त्यस्तै, मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजक सुनील लोप्चनले बताए। प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद २५ हजारले सम्मान गरिने लोप्चनले भने। साथै पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका एक/एक जना व्यक्तित्वलाई सम्मान गरिने अध्यक्ष भेटवालले बताए ।
प्रतियोगितामा करिब ५० जनाले सहभागिता जनाउने अनुमान गरिएको छ ।जिल्लाभित्र रहेका करिब ६ वटा फिट्नेस क्लबलका खेलाडीहरु प्रस्तुत गर्ने अध्यक्ष भेटवालले बताए ।
नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ बागमती प्रदेशका कोषाध्यक्ष सुनील अधिकारीको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन सम्पन्न भएको हो । प्रतियोगिताको अनुमानित खर्च १२ लाख रहने पत्रकार सम्मेलनमा जनाईएको छ । कार्यक्रम असोज १३ गते हेटौंडा-२ माँ रहेको पल्पसा हलमा हुनेछ ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















