Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शान्तिटोल विकास संस्थाको अध्यक्षमा पुनः धिताल

371794711_330376759433585-1693049960.jpg

९ भदौं, हेटौडा । हेटौडा–६, शान्तिटोलमा रहेको शान्तिटोल विकास संस्थाको २४ औं वार्षिक साधारणभा शनिवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष केशव धितालले संस्थागत प्रतिवेदन प्रस्तुत  गरेका थिए । संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै धितालले संस्थालाई नगरको उत्कृष्ठ टोल विकास संस्था बनाईने बताए । 

उनले यस आर्थिक बर्षमा संस्थाले बाल क्लव, ज्येष्ठ नागरिक र महिला उपसमूह बनाईने, बचत तथा ऋण कार्यक्रमलाई प्रभावकारी बनाईने, सरसफाई, विद्युतीकरण, स्थानीय क्षेत्रको मठ, मन्दिर, पार्कलाई ब्यवस्थित गरिने, सडकको दायाँबायाँ वृक्षारोपण, विभिन्न क्षेत्रका उत्कृष्ठ ब्यक्तिहरुलाई सम्मान गरिने . बताए । साधारणसभाको बन्दसत्रले पुनः केशव धितालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अप्सरा क्षेत्री, सचिवमा प्रदीप ढुङगाना, सहसचिवमा मिलन सापकोटा र कोषाध्यक्षमा पूर्णभद्र चौलागाई सर्वसम्मत चयन भएका छन । यसैगरि सदस्यहरुमा श्रीदेवी दुलाल, अम्विका बत्तौैला, कोपिला सापकोटा,केशव सापकोटा, यादव सापकोटा र सन्देश सापकोटा चयन भएका छन  ।
त्यसैगरी बचत तथा ऋण उपसमितिको संयोजकमा पूर्णभद्र चौलागाई, सदस्यहरुमा अप्सरा सापकोटा, हेमाकुमारी तिमल्सिना,सुमित्रा दुलाल, अमिता लामिछाने, अनिसा श्रेष्ठ र पदेन सदस्यमा संस्थाका अध्यक्ष रहेका छन । भेलाले तिर्थ खड्का संयोजक रहने गरी ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । समितिको सदस्यमा रिता अधिकारी र यसोदा भट्टराई रहेका छन् । 
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडल, लेखराज ढकाल, संस्थाका पूर्व अध्यक्ष बासुदेव सापकोटा, तेजनाथ ढकाल, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणीराज गौतम, बागमती प्रदेश पार्षद सुनिल शिवाकोटी, नेपाल चलचित्र पत्रकार संघ, मकवानपुर अध्यक्ष कपिल खड्का, बामगती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णुुप्रसाद ढुङगाना, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडा, सचिव राजकुमार फुयाँल, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला,संस्थाका सचिव भरत सापकोटा, प्रहरी चौकी चौघडाका ईन्चार्ज विष्णुप्रसाद दाहाल लगायतको आतिथ्यता थियो । संस्थाको आफनै सुुविधा सम्पन्न २ तल्ले भवन रहेको छ भने पुस्तकालय, कम्युप्टर, ईन्टरनेट, मन्दिर लगायतका सुविधा रहेको यस टोल विकास संस्थामा १ सय २० घरधुरी आवद्ध रहेका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार