Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शान्तिटोल विकास संस्थाको अध्यक्षमा पुनः धिताल

371794711_330376759433585-1693049960.jpg

९ भदौं, हेटौडा । हेटौडा–६, शान्तिटोलमा रहेको शान्तिटोल विकास संस्थाको २४ औं वार्षिक साधारणभा शनिवार सम्पन्न भएको छ । हेटौडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष केशव धितालले संस्थागत प्रतिवेदन प्रस्तुत  गरेका थिए । संस्थागत प्रतिवेदन प्रस्तुत गर्दै धितालले संस्थालाई नगरको उत्कृष्ठ टोल विकास संस्था बनाईने बताए । 

उनले यस आर्थिक बर्षमा संस्थाले बाल क्लव, ज्येष्ठ नागरिक र महिला उपसमूह बनाईने, बचत तथा ऋण कार्यक्रमलाई प्रभावकारी बनाईने, सरसफाई, विद्युतीकरण, स्थानीय क्षेत्रको मठ, मन्दिर, पार्कलाई ब्यवस्थित गरिने, सडकको दायाँबायाँ वृक्षारोपण, विभिन्न क्षेत्रका उत्कृष्ठ ब्यक्तिहरुलाई सम्मान गरिने . बताए । साधारणसभाको बन्दसत्रले पुनः केशव धितालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा अप्सरा क्षेत्री, सचिवमा प्रदीप ढुङगाना, सहसचिवमा मिलन सापकोटा र कोषाध्यक्षमा पूर्णभद्र चौलागाई सर्वसम्मत चयन भएका छन । यसैगरि सदस्यहरुमा श्रीदेवी दुलाल, अम्विका बत्तौैला, कोपिला सापकोटा,केशव सापकोटा, यादव सापकोटा र सन्देश सापकोटा चयन भएका छन  ।
त्यसैगरी बचत तथा ऋण उपसमितिको संयोजकमा पूर्णभद्र चौलागाई, सदस्यहरुमा अप्सरा सापकोटा, हेमाकुमारी तिमल्सिना,सुमित्रा दुलाल, अमिता लामिछाने, अनिसा श्रेष्ठ र पदेन सदस्यमा संस्थाका अध्यक्ष रहेका छन । भेलाले तिर्थ खड्का संयोजक रहने गरी ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । समितिको सदस्यमा रिता अधिकारी र यसोदा भट्टराई रहेका छन् । 
साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, वडा सदस्य विजय पौडल, लेखराज ढकाल, संस्थाका पूर्व अध्यक्ष बासुदेव सापकोटा, तेजनाथ ढकाल, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणीराज गौतम, बागमती प्रदेश पार्षद सुनिल शिवाकोटी, नेपाल चलचित्र पत्रकार संघ, मकवानपुर अध्यक्ष कपिल खड्का, बामगती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णुुप्रसाद ढुङगाना, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडा, सचिव राजकुमार फुयाँल, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला,संस्थाका सचिव भरत सापकोटा, प्रहरी चौकी चौघडाका ईन्चार्ज विष्णुप्रसाद दाहाल लगायतको आतिथ्यता थियो । संस्थाको आफनै सुुविधा सम्पन्न २ तल्ले भवन रहेको छ भने पुस्तकालय, कम्युप्टर, ईन्टरनेट, मन्दिर लगायतका सुविधा रहेको यस टोल विकास संस्थामा १ सय २० घरधुरी आवद्ध रहेका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार