Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रिद्धिसिद्धि ‘स्मार्ट स्टुडेन्ट अफ द इएर’का उत्कृष्ट इशान्त सहित ११ जना पुरस्कृत

hhh-1693055897.jpg

९ भदौ, हेटौँडा । रिद्धिसिद्धि सिमेन्टलको आयोजनामा भएको ‘स्मार्ट स्टुडेन्ट अफ द इएर २०८०’ का उत्कृष्ट विधार्थीहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरी पुरस्कृत एवं सम्मानित गरेको छ ।
उद्योग परिसरमा आयोजना गरिएको कार्यक्रममा उद्योगको छात्रवृत्ति कार्यक्रम अन्तर्गत यहि साउन २७ गते सम्पन्न परीक्षाबाट उत्कृष्ट हुन सफल ११ जना विद्यार्थीहरुलाई पुरस्कृत एवं सम्मान गरिएको हो । यस्तै कार्यक्रममा उत्कृष्ट विद्यार्थी सँगै उनीहरुले एसईई उतिर्ण गरेको विद्यालयलाई सम्मेत सम्मान गरिएको छ । 
रोबोटिक ल्याबमा बनेको स्मार्ट छात्रवृत्ति कार्यक्रमअन्तर्गत हेटौंडा २ मा रहेको ज्ञानोदय बाल बाटिका एकेडेमीका इशान्त कुमार मिश्र प्रथम भएका थिए । उनले पुरस्कार स्वरुप छात्रावृत्तिका लागी प्रत्येक महिना ५ हजारका दरले १२ महिनामा ६० हजार रुपैयाँ पाएका छन् ।
यस्तै द्वितिय भएका श्री आधुनीक राष्ट्रिय माविकी अंशु कुमारी र त्रितिय भएका बालजागृती इङ्गलिस स्कुलका रिजन कठायतले क्रमशः मासिक पाँच हजार, ३५ सय र २५ सय तथा सान्त्वना भएका थप आठजना विद्यार्थीले मासिक १५ सय रुपैयाँका दरले छात्राबृत्ति पाउँने भएका छन् ।
उद्योगका प्लान्ट डिभिजन प्रमुख रेवतीराम ढकाल र जेनरल म्यानेजर कैलाश कुमार चौहानले उत्कृष्ट विद्यार्थी र विद्यालयका प्रतिनिधिहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । उक्त अवसरमा प्लान्ट डिभिजन प्रमुख ढकालले अहिले उत्कृष्ट भएका ११ जना बिद्यार्थीहरुमध्येबाट कक्षा १२ को परीक्षमा गरेको प्रदर्शनको आधारमा उत्कृष्ट जिपिए ल्याउँने एकजनालाई ल्यापटप प्रदान गरिने घोषणा पनि गरे ।
पुरस्कार वितरण कार्यक्रममा उद्योगका तर्फबाट गुरुप्रसाद घिमिरे, होमनाथ लामिछाने, रामप्रसाद अधिकारी, सुजन श्रेष्ठ, श्री आधुनीक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईँ, ज्ञानोदय बालबाटिका एकेडेमीका सञ्चालक संजय सुवेदी लगाएत पुरस्कृत विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
एक सय नौ विद्यार्थी सहभागी भएको रोबोटिक ल्याबमा बनेको छात्रवृत्ति कार्यक्रममा एसइई परीक्षामा उपलब्ध अंक, दौड प्रतियोगिता साथै आइक्यु परीक्षामा सोधिएका सम्पूर्ण अंक जोडेर छात्रवृत्तिका लागि उत्कृष्ट ११ स्मार्ट विद्यार्थी छनोट गरिएको थियो ।


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार