१० भदौँ,हेटौँडा । मकवानपुर प्रहरीले अपहरणको नाटक गर्ने एकजनालाई पक्राउ गरेको छ । एक साता देखी हराइरहेका राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बस्ने ४६ वर्षका कुमार प्रजा प्रहरीले पक्राउ गरेको हो।प्रजाले आफु अपहरणमा परेको आफ्नी श्रीमतीलाई फोनमा बताएका थिए ।
उनलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले मनहरी गाउँपालिका वडा ४ नयाँबस्तीस्थित सुर्य बहादुर प्रजाको घरमा फेला परेको हो । यस घटनाको बारेमा मकवानपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै प्रजालाई पक्राउ गरिएको बताएको हो । उनी यहीँ भाद्र ३ गते विहानको समयदेखी आफ्नो घरबाट हराइएको र परिवारसँग सम्पर्क विहिन भएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) सिताराम रिजालले प्रजा र सोही ठाउँमा बस्ने निर्मल भन्ने सानु बाबु रुम्बा बीचमा आर्थिक लेनदेन रहेको र दुवै जना बीच वादविवाद भएकोमा रुम्बाले उनलाई बेपत्ता पारी अपहरण समेत गरेको हुन सक्ने भन्दै प्रजाकी श्रीमति आईती माया चेपाङले श्रीमानको खोजतलास गर्न र रुम्बाको आवश्यक कारबाहीका लागि जिप्रका मकवानपुरमा निवेदन दिएको बताए ।
इलाका प्रहरी मनहरीले कुमार प्रजाको हुलियाका साथ खोजतलास तथा निजको बारेमा गोप्य रुपमा अनुसन्धान गर्दा श्रीमती र अन्य परिवारका सदस्यहरुसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेको समेत खुल्न आएकोले घटना अपहरण नभई अपहरणको नाटक भएको हुन सक्ने भन्द्रै प्रहरीले अनुसन्धानलाई युटर्न गर्दै लुकेर बसेको घटनास्थल पुगेर प्रजालाई पक्राउ गरिएको एसपी रिजालले पत्रकार सम्मेलनमा बताए । घटनाको आवश्यक अनुसन्धान गरिरहेको एसपी रिजालले बताए ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















