Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर प्रहरीको अनुसन्धानमा यूटर्न,अपहरणको नाटक गरेका प्रजा पक्राउ

370293559_258768183643943-1693139249.jpg

१० भदौँ,हेटौँडा । मकवानपुर प्रहरीले अपहरणको नाटक गर्ने एकजनालाई पक्राउ गरेको छ । एक साता देखी हराइरहेका राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बस्ने ४६ वर्षका कुमार प्रजा प्रहरीले पक्राउ गरेको हो।प्रजाले आफु अपहरणमा परेको आफ्नी श्रीमतीलाई फोनमा बताएका थिए । 

उनलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले मनहरी गाउँपालिका वडा ४ नयाँबस्तीस्थित सुर्य बहादुर प्रजाको घरमा फेला परेको हो । यस घटनाको बारेमा मकवानपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै प्रजालाई पक्राउ गरिएको बताएको हो । उनी यहीँ भाद्र ३ गते विहानको समयदेखी आफ्नो घरबाट हराइएको र परिवारसँग सम्पर्क विहिन भएका थिए ।
पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) सिताराम रिजालले प्रजा र सोही ठाउँमा बस्ने निर्मल भन्ने सानु बाबु रुम्बा बीचमा आर्थिक लेनदेन रहेको र दुवै जना बीच वादविवाद भएकोमा रुम्बाले उनलाई बेपत्ता पारी अपहरण समेत गरेको हुन सक्ने भन्दै प्रजाकी श्रीमति आईती माया चेपाङले श्रीमानको खोजतलास गर्न र रुम्बाको आवश्यक कारबाहीका लागि  जिप्रका मकवानपुरमा निवेदन दिएको बताए । 
इलाका प्रहरी मनहरीले कुमार प्रजाको हुलियाका साथ खोजतलास तथा निजको बारेमा गोप्य रुपमा अनुसन्धान गर्दा श्रीमती र अन्य परिवारका सदस्यहरुसँग निरन्तर टेलिफोन सम्पर्कमा रहेको समेत खुल्न आएकोले घटना अपहरण नभई अपहरणको नाटक भएको हुन सक्ने भन्द्रै प्रहरीले अनुसन्धानलाई युटर्न गर्दै लुकेर बसेको घटनास्थल पुगेर प्रजालाई पक्राउ गरिएको एसपी रिजालले पत्रकार सम्मेलनमा बताए । घटनाको आवश्यक अनुसन्धान गरिरहेको एसपी रिजालले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार