चोरीका गरगहना सहित पक्राउ परेकाहरु
१० भदौँ,हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट विभिन्न समयमा सुनका गरगहना तथा नगद चोरी गर्ने चारजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । मकवानपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दे काठमाडौँबाट हेटौँडा आएर नगरमा सुनका गरगहना तथा नगद चोरी गर्ने चारजनालाई सार्वजनिक गरेको हो ।
प्रहरीले चोरीको आरोपमा सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा ७ बस्ने २८ वर्षका भीमलाल लामा, सोही स्थान बस्ने २८ वर्षका प्रदीप तामाङ र २९ वर्षका आकाश तामाङ रहेका छन् भने चोरीको सुन खरिद गर्ने सोही ठाउँका हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थितमा रितु सुन पसल सञ्चालन गर्ने ३९ वर्षका राजेन्द्र रसाइलीलाई सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका एसपी सिताराम रिजालले ४ जनाको समुह २ वटा मोटरसाईकलमा २९ गते काठमाडौबाट हेटौडा आएको दिउँसोको समयमा बन्द रहेको घरहरु हेरेको सोही दिन राती हेटौडा बसपार्कको होटलमा बसेको, ३० गते ११ बजेको समयमा हेटौंडा ९ स्थित सुशिला साउदको घर फोडेर चोरी गरेको र चोरी पश्चात पथलैया बर्दिवास हुदै ३१ गते काठमाडौं पुगेको अनुसन्धानमा खुलेको बताए ।
घटनाको सुचना आएलगतै मकवानपुरको प्रहरी टिम अनुसन्धनमा जुटेको र एकसाता लामो प्रयास पछि प्रमाण फेला पारेर पक्राउ गरेको एसपी रिजालले जनाए ।
पत्रकार सम्मेलनमा उनले श्रावण ३० गते हेटौंडा ९ स्थित सुशिला साउदको घरबाट अज्ञात समुहले नगद तीस हजार, सुनको सिक्री डेढ तोलाको एक थान, सुनको बाला १ तोलाको १ थान, सुनको चन्द्र हार १ तोलाको १ थान, सुनको टप ४ आनाको १ जोडी, सुनको मुन्द्रा आनाको १ जोडी र घडी एक थान समेत गरी पाँच लाख ३२ हजार बराबरको सुनको गरगहना, नगद रकम चोरी भएको सुचना मकवानपुर प्रहरीलाई प्राप्त भएको बताए । प्रहरीले उनीहरुलाई चोरी गरगहना र गरेको सुन खरिद गर्ने समेतलाई पक्राउ गरेको र घटनामा संलग्न अर्काे एकजनाको खोजी कार्य भइरहेको जनाइएको छ ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















