Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काठमाडौँबाट चोरी गर्न हेटौँडामा, मकवानपुर प्रहरीद्धारा ४ जना सार्वजनिक

370328676_144545209630214-1693143996.jpg

चोरीका गरगहना सहित पक्राउ परेकाहरु

१० भदौँ,हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट विभिन्न समयमा सुनका गरगहना तथा नगद चोरी गर्ने चारजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । मकवानपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दे काठमाडौँबाट हेटौँडा आएर नगरमा सुनका गरगहना तथा नगद चोरी गर्ने चारजनालाई सार्वजनिक गरेको हो । 
प्रहरीले चोरीको आरोपमा सिन्धुपाल्चोकका  पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा ७ बस्ने २८ वर्षका  भीमलाल लामा, सोही स्थान बस्ने २८ वर्षका  प्रदीप तामाङ र २९ वर्षका  आकाश तामाङ रहेका छन् भने चोरीको सुन खरिद गर्ने सोही ठाउँका हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थितमा रितु सुन पसल सञ्चालन गर्ने ३९ वर्षका राजेन्द्र रसाइलीलाई सार्वजनिक गरेको हो । 
पत्रकार सम्मेलनमा बोल्दै मकवानपुरका एसपी सिताराम रिजालले ४ जनाको समुह २ वटा मोटरसाईकलमा २९ गते काठमाडौबाट हेटौडा आएको दिउँसोको समयमा बन्द रहेको घरहरु हेरेको सोही दिन राती हेटौडा बसपार्कको होटलमा बसेको, ३० गते ११ बजेको समयमा हेटौंडा ९ स्थित सुशिला साउदको घर फोडेर चोरी गरेको  र चोरी पश्चात पथलैया बर्दिवास हुदै ३१ गते काठमाडौं पुगेको अनुसन्धानमा खुलेको बताए ।
घटनाको सुचना आएलगतै मकवानपुरको प्रहरी टिम अनुसन्धनमा जुटेको र एकसाता लामो प्रयास पछि प्रमाण फेला पारेर पक्राउ गरेको एसपी रिजालले जनाए । 
पत्रकार सम्मेलनमा उनले श्रावण ३० गते हेटौंडा ९ स्थित सुशिला साउदको घरबाट अज्ञात समुहले नगद तीस हजार, सुनको सिक्री डेढ तोलाको एक थान, सुनको बाला १ तोलाको १ थान, सुनको चन्द्र हार १ तोलाको १ थान, सुनको टप ४ आनाको १ जोडी, सुनको मुन्द्रा आनाको १ जोडी र घडी एक थान समेत गरी पाँच लाख ३२ हजार बराबरको सुनको गरगहना, नगद रकम चोरी भएको सुचना मकवानपुर प्रहरीलाई प्राप्त भएको बताए । प्रहरीले उनीहरुलाई चोरी गरगहना र गरेको सुन खरिद गर्ने समेतलाई पक्राउ गरेको र  घटनामा संलग्न अर्काे एकजनाको खोजी कार्य भइरहेको जनाइएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार