Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

७१ गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्तीको तयारी

Capture-1693311498.JPG

१२ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले ७१ वटा पालिकामा न्यायिक सहजकर्ता नियुक्तिको तयारी गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको ११ वटा जिल्लाका ७१ वटा गाउँपालिकामा न्याय सम्पादनमा सहजीकरण गर्न सहजकर्ता नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।
यसका लागी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाउँपालिकाहरुमा न्यायिक सहजकर्ता नियुक्तिको लागि भन्दै मंगलबार सूचना प्रकाशन गरेको छ । प्रदेशको ११ वटा जिल्लाका ७१ वटा सहजकर्ता नियुक्तिको प्रक्रिया अगाडी बढाएको मन्त्रालयका सचिव धुर्व गैंडाले जानकारी दिए । सचिव गैंडाका अनुसार प्रदेशको ७४ मध्ये ७१ वटा गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्तिको लागि मंगलबार सूचना प्रकाशन गरेको हो । 
मन्त्रालयले न्यायिक सहजकर्ताहरुलाई करारमा नियुक्त गर्न लागेको सचिव गैंडाको जानकारी दिए । उनले संबन्धित गाउँपालिकाहरुको समन्वयमा प्रतिपालिका एक जना सहजकर्ता नियुक्त गर्नेगरी सूचना जारी गरिएको बताए । गाउँपालिकाहरुमा रिक्त रहेका सहायकस्तर पाँचौं तहमा न्यायिक सहजकर्ताको पद पूर्तिका लागि २०८१ असार समान्तसम्मका लागि करारमा पदपूर्ति गर्न मन्त्रालयले सूचना निकालेको उनको भनाई छ । 
स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि, २०८० बमोजिम मन्त्रालयले ललितपुर, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रामेछाप, दोलखा, रसुवा, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीका ७१ गाउँपालिकामा न्ययिक सहजकर्ता नियुक्त गर्न सूचना जारी गरेको हो । तर प्रदेशका ३ वटा गाउँपालिकाहरुले भने प्रदेश सरकार मार्फत न्ययिक सहजकर्ता नियुक्त नगर्ने जनाएका छन् । 
सचिव गैंडाका अनुसार सिन्धुलीको गोलन्जोर गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकाले भने न्यायिक सहजकर्ता माग गरेका छैनन् । उनले ति गाउँपालिकाहरुले आफ्नै स्रोतबाट न्यायिक सहजकर्ता नियुक्त गर्नेगरी प्रदेश सरकार मार्फत माग नगरेको बताए । 
सचिव गैडाका अनुसार उक्त पदका लागि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् भने स्थानीय र कानुन अध्ययन गरेकाहरुलाई प्राथमिकतामा दिइने छ । उक्त पदका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा आवेदन दिनसक्ने बताइएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार