Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

७१ गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्तीको तयारी

Capture-1693311498.JPG

१२ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले ७१ वटा पालिकामा न्यायिक सहजकर्ता नियुक्तिको तयारी गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशको ११ वटा जिल्लाका ७१ वटा गाउँपालिकामा न्याय सम्पादनमा सहजीकरण गर्न सहजकर्ता नियुक्तिको प्रक्रिया अघि बढाएको हो ।
यसका लागी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाउँपालिकाहरुमा न्यायिक सहजकर्ता नियुक्तिको लागि भन्दै मंगलबार सूचना प्रकाशन गरेको छ । प्रदेशको ११ वटा जिल्लाका ७१ वटा सहजकर्ता नियुक्तिको प्रक्रिया अगाडी बढाएको मन्त्रालयका सचिव धुर्व गैंडाले जानकारी दिए । सचिव गैंडाका अनुसार प्रदेशको ७४ मध्ये ७१ वटा गाउँपालिकामा न्यायिक सहजकर्ता नियुक्तिको लागि मंगलबार सूचना प्रकाशन गरेको हो । 
मन्त्रालयले न्यायिक सहजकर्ताहरुलाई करारमा नियुक्त गर्न लागेको सचिव गैंडाको जानकारी दिए । उनले संबन्धित गाउँपालिकाहरुको समन्वयमा प्रतिपालिका एक जना सहजकर्ता नियुक्त गर्नेगरी सूचना जारी गरिएको बताए । गाउँपालिकाहरुमा रिक्त रहेका सहायकस्तर पाँचौं तहमा न्यायिक सहजकर्ताको पद पूर्तिका लागि २०८१ असार समान्तसम्मका लागि करारमा पदपूर्ति गर्न मन्त्रालयले सूचना निकालेको उनको भनाई छ । 
स्थानीय न्यायिक सहजकर्ता (नियुक्ति तथा परिचालन) कार्यविधि, २०८० बमोजिम मन्त्रालयले ललितपुर, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रामेछाप, दोलखा, रसुवा, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीका ७१ गाउँपालिकामा न्ययिक सहजकर्ता नियुक्त गर्न सूचना जारी गरेको हो । तर प्रदेशका ३ वटा गाउँपालिकाहरुले भने प्रदेश सरकार मार्फत न्ययिक सहजकर्ता नियुक्त नगर्ने जनाएका छन् । 
सचिव गैंडाका अनुसार सिन्धुलीको गोलन्जोर गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिकाले भने न्यायिक सहजकर्ता माग गरेका छैनन् । उनले ति गाउँपालिकाहरुले आफ्नै स्रोतबाट न्यायिक सहजकर्ता नियुक्त गर्नेगरी प्रदेश सरकार मार्फत माग नगरेको बताए । 
सचिव गैडाका अनुसार उक्त पदका लागि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेकाहरुले आवेदन दिन सक्नेछन् भने स्थानीय र कानुन अध्ययन गरेकाहरुलाई प्राथमिकतामा दिइने छ । उक्त पदका लागि सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयमा आवेदन दिनसक्ने बताइएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

थप समाचार