Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुख्यमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता

dfssss-1693402500.JPG

१३ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका आठजना मन्त्रीहरुसँग बुधबार कार्यसम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार भएको कार्यक्रममा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई केन्द्रमा राखेर प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता गरिएको हो । 
सम्झौता पत्रमा मन्त्रिहरुले चालु आर्थिक वर्ष २०८०÷८१ मा सम्पादन गर्ने काम र जिम्मेवारीका बारेमा उल्लेख गरिएको छ मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । सम्झौतासँगै मुख्यमन्त्री जम्कट्टेल र सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले हस्ताक्षर गरेको सम्झौता पत्र आदानप्रदान गरिएको छ ।
सम्झौतापछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारमा रहेका मन्त्रिहरुको कामले संघियतालाई संस्थागत गर्न र जन अपेक्षा पुरागर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेशको विगतका पाँच वर्षहरूको अनुभवलाई आधार मानेर चालु आवको कार्यक्रम र बजेटलाई कार्यान्वयनका लागी सम्झौता गरेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिहरु यसमा खरो उत्रने दावी गरे । 
मख्यमन्त्री जम्कट्टेलले बुधबार प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा (तामाङ), आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकासमन्त्री कुमारी मुक्तान, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । 
यस्तै उनले उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्कासँग पनि कार्यसम्पादन करार सम्झौता गरेका छन् । 
१२ सदस्यीय मन्त्रिपरिषदका तीनजना मन्त्रीहरु कार्य व्यस्तताले राजधानी बाहिर रहेकाले सम्झौता हुन नसकेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । उनले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ र श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालसँग पछि सम्झौता गर्ने बताएका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार