१३ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका आठजना मन्त्रीहरुसँग बुधबार कार्यसम्पादन करार सम्झौता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बुधबार भएको कार्यक्रममा प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई केन्द्रमा राखेर प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता गरिएको हो ।
सम्झौता पत्रमा मन्त्रिहरुले चालु आर्थिक वर्ष २०८०÷८१ मा सम्पादन गर्ने काम र जिम्मेवारीका बारेमा उल्लेख गरिएको छ मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । सम्झौतासँगै मुख्यमन्त्री जम्कट्टेल र सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले हस्ताक्षर गरेको सम्झौता पत्र आदानप्रदान गरिएको छ ।
सम्झौतापछि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारमा रहेका मन्त्रिहरुको कामले संघियतालाई संस्थागत गर्न र जन अपेक्षा पुरागर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेशको विगतका पाँच वर्षहरूको अनुभवलाई आधार मानेर चालु आवको कार्यक्रम र बजेटलाई कार्यान्वयनका लागी सम्झौता गरेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिहरु यसमा खरो उत्रने दावी गरे ।
मख्यमन्त्री जम्कट्टेलले बुधबार प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा (तामाङ), आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, सामाजिक विकासमन्त्री कुमारी मुक्तान, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् ।
यस्तै उनले उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जन, स्वास्थ्यमन्त्री उत्तम जोशी र वन तथा वातावरणमन्त्री मसिना खड्कासँग पनि कार्यसम्पादन करार सम्झौता गरेका छन् ।
१२ सदस्यीय मन्त्रिपरिषदका तीनजना मन्त्रीहरु कार्य व्यस्तताले राजधानी बाहिर रहेकाले सम्झौता हुन नसकेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । उनले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठ र श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालसँग पछि सम्झौता गर्ने बताएका छन ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

















