सुनिल शिवाकोटी
१३ भदौ,हेटौँडा । हेटौँडामा दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता र मध्यावधि प्रगति समीक्षा सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । राष्ट्रिय योजना आयोग, बागमती प्रदेश नीति तथा योजना आयोग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको संयुक्त आयोजनामा कार्यशाला गोष्ठीको आयोजना गरिएको हो ।
बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर नरविक्रम थापाको अध्यक्षतामा भएको गोष्ठीमा बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर किरण गजुरेलले दिगो विकास लक्ष्यहरूको स्थानीयकरणका प्रयासहरू, नेपाल सरकारमा पुर्व सचिव डाक्टर गणेशराज जोशीले बागमती प्रदेश नीति तथा योजना आयोग, दिगो विकास लक्ष्यहरूलाई तीव्रता दिने दृष्टिकोणको रूपरेखा बारेमा प्रस्तुतिकरण दिएका थिए । त्यसैगरी गोष्ठीमा संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधिको कार्यालयका आर्थिक तथा दिगो विकास सल्लाहाकर सुभाष नेपालीले नेपालको दिगो विकास लक्ष्यहरूको अवस्थाको तथ्याङ्कीय सारसंक्षेप बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता, जलवायु परिवर्तन, विकास वित्त,रोजगारी र सामाजिक सुरक्ष, खाद्य प्रणाली र पोषण, शिक्षा र स्वास्थ्य,दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता सम्वन्धी कार्यशाला, रोजगारी र सामाजिक सुरक्षा लगायतका बिषयमा कार्यक्रममा सहभागिहरु बिच सामुहिक छलफलको आयोजना गरिएको थियो।
कार्यक्रममा जिल्ला समन्व्य समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, जिल्ला समन्व्य समितिमकवानपुरका प्रमुख ललित घलान, बागमती प्रदेशका सचिव बलराम निरौला, नेपाल नगरपालिक संघका अध्यक्ष तथा निलकण्ठ नगरप्रमुख भीम ढुंगाना,नेपाल नगरपालिक संघकी सह–कोषध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा , गाउँपालिका राष्ट्रिय महासंघका सदस्य तथा कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान,बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने,मकवानपुरगढी गाउपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान लगायत अन्य पालिकाका जनप्रतिनिधि, बागमती प्रदेशका विभिन्न मन्त्रालयका सचिव तथा सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी,विभिन्न संघ संस्थाका प्रतिनिधी,संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
२०२३ सेप्टेम्बरमा हुने दीगो विकास लक्ष्य शिखर सम्मेलनको पूर्व तयारीको रुपमा नेपालको दीगो विकास लक्ष्यको प्रगति स्थिति समीक्षा गर्न,सन् २०३० सम्मको लक्ष्य प्राप्त गर्न प्राथमिकता क्षेत्रहरूको पहिचान गर्ने र सन् २०२६ सम्मको लक्ष्य प्राप्त गर्न आवश्यक तीव्रताका लागि हेटौँडामा सरोकारवाला निकायसंगको सहभागितामा गोष्ठीको आयोजना गरिएको संगठनका संचार विज्ञ सुमन गिरीले बताएका छन् । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले बागमती प्रदेशका धादिङ्,सिन्धुपाल्चोक,काभ्रे,दोलखा र सिन्धुलीमा काम गर्दै आएको संगठनका संचार विज्ञ गिरीले जनाएका छन् ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















