Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडामा दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता सम्बन्धी कार्यशाला गोष्ठी

370716225_101207880688455-1693407936.jpg

सुनिल शिवाकोटी

१३ भदौ,हेटौँडा । हेटौँडामा दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता र मध्यावधि प्रगति समीक्षा सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको छ । राष्ट्रिय योजना आयोग, बागमती प्रदेश नीति तथा योजना आयोग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको संयुक्त आयोजनामा कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । 
बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर नरविक्रम थापाको अध्यक्षतामा भएको गोष्ठीमा बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर किरण गजुरेलले दिगो विकास लक्ष्यहरूको स्थानीयकरणका प्रयासहरू, नेपाल सरकारमा पुर्व सचिव डाक्टर गणेशराज जोशीले  बागमती प्रदेश नीति तथा योजना आयोग, दिगो विकास लक्ष्यहरूलाई तीव्रता दिने दृष्टिकोणको रूपरेखा बारेमा प्रस्तुतिकरण दिएका थिए । त्यसैगरी गोष्ठीमा संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधिको कार्यालयका आर्थिक तथा दिगो विकास सल्लाहाकर सुभाष नेपालीले नेपालको दिगो विकास लक्ष्यहरूको अवस्थाको तथ्याङ्कीय सारसंक्षेप बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता, जलवायु परिवर्तन, विकास वित्त,रोजगारी र सामाजिक सुरक्ष, खाद्य प्रणाली र पोषण, शिक्षा र स्वास्थ्य,दिगो विकास लक्ष्यको दृष्टिकोणमा तीव्रता सम्वन्धी कार्यशाला, रोजगारी र सामाजिक सुरक्षा लगायतका बिषयमा कार्यक्रममा सहभागिहरु बिच सामुहिक छलफलको आयोजना गरिएको थियो।

कार्यक्रममा जिल्ला समन्व्य समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, जिल्ला समन्व्य समितिमकवानपुरका प्रमुख ललित घलान, बागमती प्रदेशका सचिव बलराम निरौला, नेपाल नगरपालिक संघका अध्यक्ष तथा निलकण्ठ नगरप्रमुख भीम ढुंगाना,नेपाल नगरपालिक संघकी सह–कोषध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा , गाउँपालिका राष्ट्रिय महासंघका सदस्य तथा कैलाश गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तान,बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने,मकवानपुरगढी गाउपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तान लगायत अन्य पालिकाका जनप्रतिनिधि, बागमती प्रदेशका विभिन्न मन्त्रालयका सचिव तथा सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी,विभिन्न संघ संस्थाका प्रतिनिधी,संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

२०२३ सेप्टेम्बरमा हुने दीगो विकास लक्ष्य शिखर सम्मेलनको पूर्व तयारीको रुपमा नेपालको दीगो विकास लक्ष्यको प्रगति स्थिति समीक्षा गर्न,सन् २०३० सम्मको लक्ष्य प्राप्त गर्न प्राथमिकता क्षेत्रहरूको पहिचान गर्ने र सन् २०२६ सम्मको लक्ष्य प्राप्त गर्न आवश्यक तीव्रताका लागि हेटौँडामा सरोकारवाला निकायसंगको सहभागितामा गोष्ठीको आयोजना गरिएको संगठनका संचार विज्ञ सुमन गिरीले बताएका छन् । संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले बागमती प्रदेशका धादिङ्,सिन्धुपाल्चोक,काभ्रे,दोलखा र सिन्धुलीमा काम गर्दै आएको संगठनका संचार विज्ञ गिरीले जनाएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार