५ पुष, हेटौँडा । परीक्षा नियन्त्रण कार्यालयले २०७४ सालको एसईई परीक्षा आगामी चैत ८ देखि सञ्चालन गर्ने भएको छ । परीक्षा सञ्चालन समितिको बुधबार बसेको बैठकले चैत ८ गते परिक्षा गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
एसईई परिक्षा बिहान ८ बजे देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन चैत ८ गते बिहीबार अनिवार्य अग्रेजी, वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्य तथा अनिवार्य अङ्ग्रेजीको परीक्षा सञ्चालन हुनेछ । यस्तै चैत ९ गते शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ । चैत १० गते शनिबार र ११ गते आइतबार भने चैते दसैँ परेकोले सार्वजनिक बिदा रहेको नियन्त्रक रेग्मीले जानकारी दिए । चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान र वेदविद्याश्रम अन्तर्गत अनिवार्य संस्कृत व्याकरण र अनुवादको परीक्षा हुने भएको छ । १४ गते प्राविधिकतर्फ फार्म म्यानेजमेण्ट, माकेर्टिङ, इञ्जिनियरिङ, ड्रइङ, कम्प्युटर रिपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ । चैत १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ वेद वा नीतिशास्त्र, प्राविधिकतर्फ ऐच्छिक प्रथमका सबै विषयहरुको परीक्षा हुनेछ ।
प्राविधिकतर्फ एग्रिकल्चर, इलेक्ट्रिकल म्यानेजमेण्ट, कम्प्युटर नेटवर्किङ, इञ्जिनियरिङ सर्भेईङको परीक्षा हुने छ । चैत १६ गते ऐच्छिक प्रथमका सबै विषय, संस्कृततर्फ अनिवार्य संस्कृत शिक्षा, वेदविद्याश्रमतर्फ ऐच्छिक विषयहरु र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ । चैत १७ गते शनिबार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषयहरु, वेदविद्याश्रमतर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जि, डाटाबेस म्यानेजमेण्ट सिष्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ । यस्तै चैत १८ गते प्राविधिक विषयतर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस र इञ्जिनियरिङको परीक्षा हुनेछ भने चैत १९ गते प्राविधिक विषयतर्फ एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माईक्रो प्रोसेस, हाइवे इञ्जिनियरिङ, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुनेछ । अन्तिम दिन चैत २० गते प्राविधिकतर्फ फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याब्रोटरी टेक्निक, इण्ड्रष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेण्टेड प्रोग्रामिङ, ईष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यवादन र नृत्यको परीक्षा हुने परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए ।
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















