Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बुङदल वनको अध्यक्षमा अधिकारी चयन 

Capture-1693616881.JPG

१६ भदौ, हेटौंडा । मकवानपुरगढी–५ मा रहेको बुङ्दल सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा शुक्रवार भएको छ । भेलाले भीमबहादुर अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । 
समितिको उपाध्यक्षमा राधिका छत्कुली, सचिव ज्ञानेन्द्रप्रसाद दुलाल, सहसचिव गोविन्दराज दुलाल, कोषाध्यक्ष सम्झना दाहाल, सदस्यमा गणेशबहादुर वाइवा, अनिता घिमिरे, रिना श्रेष्ठ र बिन्दा गौतम चयन भएको निर्वाचन समिति संयोजक ईन्द्रबहादुर कार्कीले बताए । 
भेलाको उदघाटनमा समूहका सचिव सम्झना दाहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेश अधिकारीले आव.२०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८०÷०८१ को लागि २१ लाख ४५ हजारको अनुमानित बजेट पेश गरेका थिए । 
भेलामा ज्येष्ठ उपभोक्ता ईमानसिंह वाईवा, काशीनाथ घिमिरे, विष्णुकुमारी घिमिरे, शकुन्तला छत्कुली, प्रावि तर्फ उत्कृष्ट अंक हासिल गरेका विराज गौतम, शिखा दुलाल, मावि तर्फ उत्कृष्ट अंक हाँसिल गरेकी चरुमती दुलाल र रेसु अधिकारीलाई नगद सहित सम्मान गरिएको थियो ।
मकवानपुरगढी–५ का वडा अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष चन्द्रप्रसाद दुलालको अध्यक्षतामा साधारणसभा भएको साधारणसभामा सव डिभिजन वन कार्यालय मकवानपुरगढीका प्रमुख डटेन्द्रकुमार गोले, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी, सचिव दुर्गा घोरसाईनी, महासंघ हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, नमुना सामुदायिक वनका अध्यक्ष खडानन्द न्यौपाने, थाकलडाँडा सामुदायिक वनका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, मनकामना सामुदायिक वनका अध्यक्ष सर्कलाल लो, शारदा माविका प्रधानाध्यापक ईन्द्रबहादुर कार्की, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेललगायतको आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार