Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बुङदल वनको अध्यक्षमा अधिकारी चयन 

Capture-1693616881.JPG

१६ भदौ, हेटौंडा । मकवानपुरगढी–५ मा रहेको बुङ्दल सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा शुक्रवार भएको छ । भेलाले भीमबहादुर अधिकारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । 
समितिको उपाध्यक्षमा राधिका छत्कुली, सचिव ज्ञानेन्द्रप्रसाद दुलाल, सहसचिव गोविन्दराज दुलाल, कोषाध्यक्ष सम्झना दाहाल, सदस्यमा गणेशबहादुर वाइवा, अनिता घिमिरे, रिना श्रेष्ठ र बिन्दा गौतम चयन भएको निर्वाचन समिति संयोजक ईन्द्रबहादुर कार्कीले बताए । 
भेलाको उदघाटनमा समूहका सचिव सम्झना दाहालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजेश अधिकारीले आव.२०७९÷०८० को लेखापरीक्षण प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८०÷०८१ को लागि २१ लाख ४५ हजारको अनुमानित बजेट पेश गरेका थिए । 
भेलामा ज्येष्ठ उपभोक्ता ईमानसिंह वाईवा, काशीनाथ घिमिरे, विष्णुकुमारी घिमिरे, शकुन्तला छत्कुली, प्रावि तर्फ उत्कृष्ट अंक हासिल गरेका विराज गौतम, शिखा दुलाल, मावि तर्फ उत्कृष्ट अंक हाँसिल गरेकी चरुमती दुलाल र रेसु अधिकारीलाई नगद सहित सम्मान गरिएको थियो ।
मकवानपुरगढी–५ का वडा अध्यक्ष दिपेश दाहालको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष चन्द्रप्रसाद दुलालको अध्यक्षतामा साधारणसभा भएको साधारणसभामा सव डिभिजन वन कार्यालय मकवानपुरगढीका प्रमुख डटेन्द्रकुमार गोले, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरगढीका अध्यक्ष बलराम अधिकारी, सचिव दुर्गा घोरसाईनी, महासंघ हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, नमुना सामुदायिक वनका अध्यक्ष खडानन्द न्यौपाने, थाकलडाँडा सामुदायिक वनका अध्यक्ष ईन्द्रबहादुर बस्नेत, मनकामना सामुदायिक वनका अध्यक्ष सर्कलाल लो, शारदा माविका प्रधानाध्यापक ईन्द्रबहादुर कार्की, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेललगायतको आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार