१८ भदौ, हेटौंडा । स्क्रयावल क्लव पोखराको आयोजना तथा स्क्रयावल क्लव मकवानपुरको संयोजनमा भएको तेस्रो जिल्ला स्तरीय स्क्रयावल प्रतियोगिता आइतबार हेटौंडामा भएको छ । हेटौंडाको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको जिल्ला स्तरीय स्क्रयाबल प्रतियोगितामा मकवानपुरका ५ जना विद्यार्थी राष्ट्रिय प्रतियोगिताको लागि छनौट भएका छन् ।
छनौट हुनेमा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयका प्रशिद्ध तिमल्सिना र आरुष राजथला, युनाइटेड इङ्लिस बोर्डिङ स्कूल मनहरीका प्रकृति सेढाई, वंशगोपाल माध्यमिक विद्यालयका गौरभ श्रेष्ठ र नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयका चिराग डंगोल रहेका छन् । बालजागृति विद्यालयका तिमल्सिना गत वर्ष बङ्गलादेशमा भएको अन्तराष्ट्रिय प्रतियोगितामा मकवानपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै स्क्रयाबल प्रतियोगितामा सहभागीता जनाएका थिए ।
जिल्लाबाट छनौट भएका विद्यार्थीहरुले कार्तिक १५ गते सिमरामा हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । स्क्रयाबल क्लव मकवानपुरका संयोजक विवश जंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका रिमालले अबको शिक्षा गतिविधि र अनुसन्धानमा आधारित सिकाइमा केन्द्रीत हुनुपर्नेमा जोड दिएका थिए ।
तेस्रो जिल्ला स्तरीय प्रतियोगितामा मकवानपुरका ९ वटा विद्यालयले सहभागीता जनाएका थिए । जसमा २ वटा सामूदायिक विद्यालय र ७ वटा संस्थागत विद्यालय रहेका थिए । प्रतियोगितामा स्क्रयाबल क्लव पोखराका सदस्य अर्जुन पाण्डे, नवोदय शिशु सदन विद्यालयका योजना तथा तालिम निर्देशक अव्यक्त खनाललगायतको आतिथ्यता रहेको थियो ।
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...


-1789347794.jpg)






-1788140988.jpg)







