Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

गौरीशंकर को  जन्मोत्सव तथा अभिभावक दिवस  सम्पन्न 

gauri-sankhar-1513783288.jpg

५ पुस, निजगढ । बाराको निजगढ ६ मा रहेको  गौरी शंकर मा वि को   ४४ औं जन्मोत्सव तथा अभिभावक दिवस  बुधबार  विद्यालयको प्राङ्गणमा सम्पन्न भएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ प्रसाद गौतमको सभाध्यक्षता सम्पन्न  कार्यक्रममा निजगढ नगरपालिकाका मेयर सुरेश खनाल प्रमुख आतिथ्यता रहेको थियो भने उप मेयर निजगढ नगरपालिका लिला देवि खनाल लामिछाने र जिल्ला शिक्षा अधिकारी लालबाबु प्रसाद शाहको विशिष्ट आतिथ्यता रहको थियो । 
कार्यक्रमलाई  सम्बोधन गर्दै  प्रमुख अतिथी मेयर  खनालले निजगढको शैक्षिक विकासमा अवको आवश्यकता भनेको प्राविधिक विषय भएको प्रष्टयाउनु भएको थिए ।  कार्यक्रममा  श्रोतव्यति तिलक बहादुर खड्का वडा अध्यक्षहरु कुश बहादुर थापा, थल प्रसाद गौतम ,जयराम कुंवर, रामजी प्रसाद बजगाई , केशव प्रसाद ढोडारी , सुदर्शन बडाल, टेक बहादुर लामा लगाएत अभिभावक, विद्याथी, शिक्षाप्रेमि, पत्रकार र सरोकारवाला सबैको सहभागिता रहेको थियो ।
कार्यक्रममा एसईई परीक्षामा सर्बोत्कृष्ट ए प्लस नतिजा हांसिल गर्ने विद्यार्थीहरु क्रमश  सलोन थापा र सौगात अधिकारी लाई जनही नगद रु पांच हजार त्यस्तै उत्कृष्ट छात्र छात्राहरु क्रमश , सतेन्द ठाकुर, अरबिन्द कुमार यादव , बन्दना न्यौपाने ,मल्लिका रिमाल, कन्चन तिमल्सिना र सागर प्रसाद अधिकारीलाई जनही नगद रु. दुई हजार सहित पुरस्कृत गरिएको थियो । निजगढ ६ सडकटोल स्थित सापकोटा परिवारद्धारा स्थापना गरिएको अक्षय कोष पुरस्कार बाट उत्कृष्ट छात्र छात्रा क्रमश  सलोन थापा , बन्दना न्यौपाने,र कन्चन तिमल्सिनालाई जनही नगद रु. दुई हजार सहित गोपाल प्रसाद सापकोटा द्धारा पुरस्कृत गरिएको थियो । त्यस्तै पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम तिमल्सिनाबाट स्थापना गरिएको पुरस्कारबाट कक्षा १२ को अन्तिम परिक्षामा उत्कृष्ट छात्र छात्रा क्रमश रीता तिमल्सिना र बिकास दाहाल लाई जनही नगद रु. एक हजार पांच सय सहित पुरस्कृत गरिएको थियो । 
विद्यालयको चौतर्फी विकासमा योगदान पु¥याए बापत  पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु ,शिक्षक शिक्षिका कर्मचारीहरुलाई सम्मान गरिएको थियो । विद्यालयको शैक्षिक गतिविधिमा अनुशासन व्यवस्थापनमा योगदान  पु¥याए बापत विद्यालयका शिक्षक प्रभात तिमल्सिनालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा मेयर,उप मेयर , जिशिअ लगाएत केदार प्रसाद गौतम , कुश बहादुर थापा, बेनि बहादुर मोक्तान ,अम्बिका चौलागाई लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

थप समाचार