Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेश सभाको बुधबारको बैठक स्थगित, २४ गते बस्ने 

faa-1693961067.JPG

२० भदौ, हेटौंडा । बागमती प्रदेश सभाको आज बुधबारका लागी तय गरिएको प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । सोमबार विपक्षी दलहरुको चेतावनीका कारण बस्न नसकेको बैठक बुधबार दिउँसो १ बजेका लागी तय गरिएको थियो । 
उक्त बैठक पनि सूचना टाँस गरेर स्थगित भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाको अर्को बैठक अब भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । 
यसअघि असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित गरेसँगै अनिश्चिकालका लागी स्थगित भएको बैठक दुईमहिनापछि सोमबार दिउँसो साँढे एकबजेका लागी तय गरिएको थियो । 
तर सरकारले बजेट पास गर्नेवेला गरेका सहमति पालना नगरेको भन्दै एमाले लगाएत विपक्षी दलहरुले बैठक चल्न नदिने चेतावनी दिएपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रमुख प्रतिपक्षी एमालेले सदन सञ्चालनका लागी सरकारले विगतमा सरकारले गरेका सहमति पालना गर्नुपर्ने माग गरेको थियो । 
लामो समयसम्म बिजिनेसविहीन हुँदा बस्न नसकेको बैठकमा यसपटक प्रदेश सरकारका तर्फबाट प्रदेश सभा सचिवालयमा तीनवटा विधेयक दर्ता भएका छन् । तर संसद बैठक नै बस्न नसकेर पटक पटक स्थगित भइरहँदा प्रदेश सरकार, प्रदेश सभा र सांसदहरुको समेत कार्य क्षमता माथी नै प्रश्न उठ्न थालेको छ । 
प्रदेश सभा सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार