Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमती प्रदेश सभाको बुधबारको बैठक स्थगित, २४ गते बस्ने 

faa-1693961067.JPG

२० भदौ, हेटौंडा । बागमती प्रदेश सभाको आज बुधबारका लागी तय गरिएको प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । सोमबार विपक्षी दलहरुको चेतावनीका कारण बस्न नसकेको बैठक बुधबार दिउँसो १ बजेका लागी तय गरिएको थियो । 
उक्त बैठक पनि सूचना टाँस गरेर स्थगित भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाको अर्को बैठक अब भदौ २४ गते दिउँसो १ बजे बस्ने प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । 
यसअघि असार २२ गते प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित गरेसँगै अनिश्चिकालका लागी स्थगित भएको बैठक दुईमहिनापछि सोमबार दिउँसो साँढे एकबजेका लागी तय गरिएको थियो । 
तर सरकारले बजेट पास गर्नेवेला गरेका सहमति पालना नगरेको भन्दै एमाले लगाएत विपक्षी दलहरुले बैठक चल्न नदिने चेतावनी दिएपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । प्रमुख प्रतिपक्षी एमालेले सदन सञ्चालनका लागी सरकारले विगतमा सरकारले गरेका सहमति पालना गर्नुपर्ने माग गरेको थियो । 
लामो समयसम्म बिजिनेसविहीन हुँदा बस्न नसकेको बैठकमा यसपटक प्रदेश सरकारका तर्फबाट प्रदेश सभा सचिवालयमा तीनवटा विधेयक दर्ता भएका छन् । तर संसद बैठक नै बस्न नसकेर पटक पटक स्थगित भइरहँदा प्रदेश सरकार, प्रदेश सभा र सांसदहरुको समेत कार्य क्षमता माथी नै प्रश्न उठ्न थालेको छ । 
प्रदेश सभा सचिवालयमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेश सभा सचिवालयमा दर्ता गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार