२० भदौ, हेटौंडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभासम्पन्न भएको छ ।
संस्थाकी ज्येष्ठ शेयर सदस्य नन्दकुमारी चौरेलको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा सञ्चारकर्मी सहित १० जनालाई सम्मानित गरिएको थियो ।
सभामा सञ्चारकर्मी भीमसेन पौडेल, राजदेवी माविका पूर्व प्रअ. सानुकाजी पाण्डे, अपाङग शेयर सदस्य अर्जुनप्रसाद घिमिरे, सुरेन्द्र बहादुर कार्की, बाल सदस्य सिद्धार्थ अर्याललाई सम्मान गरिएको थियो ।
यसैगरी नियमिति बचतकर्ता ईन्द्र प्रसाद घिमिरे, असली कारोवारी राम प्रसाद चौलागाई, रामबहादुर मानन्धर, खुत्रुक बचतमा बढी रकम जम्मा गर्ने शशांक श्रेष्ठ र संस्कृति धमलालाई समेत सम्मानित गरिएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव श्यामलाल श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद पराजुलीले आर्थिक प्रतिवेदन र लेखा संयोजक रमेश कुमार पराजुलीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल, राजदेवी दुग्ध उत्पादक सहकारीका अध्यक्ष राम प्रसाद तिमल्सिना, नमुना प्रगति सहकारीका ब्यवस्थापक बद्री भण्डारी, अशोक सामुदायिक वनका अध्यक्ष रमेश राई, राजदेवी मावि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष डेकराज धमला, सञ्चारकर्मी भीमसेन पौडेल, स्थानीय समाजसेवी कृष्णप्रसाद नेपाल, संस्था उपाध्यक्ष रामप्रसाद भट्ट लगायतको आतिथ्यता रहेको थियो ।
संस्थाले वार्षिकोत्सवको अवसरमा हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई फलफूल तथा खाद्यान्न वितरण गरेको सचिव श्यामलाल श्रेष्ठले बताए । वृद्धाश्रममा ६ जना वृद्धवृद्धाहरु रहेका छन । संस्थाको शेयर पूँजी ६१ लाख ३० हजार निक्षेप ३ करोड ७७ लाख, ऋण लगानी ३ करोड ९५ लाख रहेको यस सहकारी संस्थामा ६ सय १३ जना शेयर सदस्य रहेको ब्यवस्थापक हेम बहादुर कुँवरले बताए ।
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...



-1789347794.jpg)






-1788140988.jpg)







