२० भदौ, हेटौंडा । प्रदेशसभा गठन भएको ९ महिना पछि मंगलबार बागमती प्रदेश सभामा संसदीय समितिको बैठक बसेको हो । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक १८ पौष २०७९ मा बसेको थियो ।
प्रदेश सभामा रहेका पाँचवटा संसदीय समितिहरुको बैठक पहिलोपटक मंगलबार बसेको छ । प्रदेश सभा सचिवालका अनुसार समितिका जेष्ठ सदस्यहरुको अध्यक्षतामा बैठक बसेको हो ।
मंगलबार प्रदेश सभामा रहेका पाँचवटा संसदीय समितिहरु प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक बसेको सचिवलायका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।
प्रवक्ता गुप्ताका अनुसार प्रदेश मामिला समितिको सभापतित्व कांग्रेसका शिवराज अधिकारी, अर्थ तथा विकास समितिको सभापतित्व माओवादीका रामप्रसाद ढुंगाना र सार्वजनिक लेखा समितिको सभापतित्व मााओवादी केन्द्रकै ठाकुर प्रसाद ढकालले गरेका थिए ।
यस्तै प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतित्व कांग्रेसकी मिना कुमारी पराजुली पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिको सभापतित्व कांग्रेसकै याङकिला शेर्पाले गरेकी थिइन् ।
सत्तारुढ दलहरु बिच समितिको सभापतिको बिषयमा भागबण्डा मिल्न नसक्दा अहिलेसम्म समितिहरुले सभापति पाउँन सकेका छैनन् । तर असारमा संसदीय समिति गठन तथा सदस्यहरुको भने टुंगो लागेको थियो ।
मंगलबार बसेका समितिहरुको बैठकले सम्बन्धीत समितिको बैठक तथा काम कारबाही संचालनको लागि कार्यविधी निर्माण गर्ने निर्णय गरेका छन् । यस्तै समितिलाई आवस्य कार्यविधी निर्माणका लागि उपसमिति समेत गठन गरिएको छ । ५ सदस्यीय उपसमितिले निर्माण गरेको कार्यविधिलाइ संसदीय समितिको अर्को बैठकमा पेश गरेर पारित गरिने प्रवक्ता गुप्ताले बताए ।
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...


-1789347794.jpg)






-1788140988.jpg)







