Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीमा संसदीय समितिको बैठक बस्न सुरु

Capture-1693965866.JPG

२० भदौ, हेटौंडा । प्रदेशसभा गठन भएको ९ महिना पछि मंगलबार बागमती प्रदेश सभामा संसदीय समितिको बैठक बसेको हो । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक १८ पौष २०७९ मा बसेको थियो । 
प्रदेश सभामा रहेका पाँचवटा संसदीय समितिहरुको बैठक पहिलोपटक मंगलबार बसेको छ । प्रदेश सभा सचिवालका अनुसार समितिका जेष्ठ सदस्यहरुको अध्यक्षतामा बैठक बसेको हो । 
मंगलबार प्रदेश सभामा रहेका पाँचवटा संसदीय समितिहरु प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समितिको बैठक बसेको सचिवलायका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । 
प्रवक्ता गुप्ताका अनुसार प्रदेश मामिला समितिको सभापतित्व कांग्रेसका शिवराज अधिकारी, अर्थ तथा विकास समितिको सभापतित्व माओवादीका रामप्रसाद ढुंगाना र सार्वजनिक लेखा समितिको सभापतित्व मााओवादी केन्द्रकै ठाकुर प्रसाद ढकालले गरेका थिए ।
यस्तै प्रदेश सभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको सभापतित्व कांग्रेसकी मिना कुमारी पराजुली पोखरेल र उद्योग पर्यटन तथा वातावरण समितिको सभापतित्व कांग्रेसकै याङकिला शेर्पाले गरेकी थिइन् ।
सत्तारुढ दलहरु बिच समितिको सभापतिको बिषयमा भागबण्डा मिल्न नसक्दा अहिलेसम्म समितिहरुले सभापति पाउँन सकेका छैनन् । तर असारमा संसदीय समिति गठन तथा सदस्यहरुको भने टुंगो लागेको थियो । 
मंगलबार बसेका समितिहरुको बैठकले सम्बन्धीत समितिको बैठक तथा काम कारबाही संचालनको लागि कार्यविधी निर्माण गर्ने निर्णय गरेका छन् । यस्तै समितिलाई आवस्य कार्यविधी निर्माणका लागि उपसमिति समेत गठन गरिएको छ । ५ सदस्यीय उपसमितिले निर्माण गरेको कार्यविधिलाइ संसदीय समितिको अर्को बैठकमा पेश गरेर पारित गरिने प्रवक्ता गुप्ताले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार