२४ भदौं, हेटौडा । हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औं स्थापना दिवस मनाएको छ । संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा एक कार्यक्रमको आयोजना गर्दे संस्थाले आफ्नो २८ औं स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा आइतबार शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरिएको थियो।अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले अहिले सहकारी संस्थाहरु अप्ठेरो अवस्थामा रहेकाले सञ्चालक समितिले सावधानीपूर्वक काम गर्नु पर्नेमा जोड दिएका थिए । संस्थामा आवद्ध शेयर सदस्यहरुलाई विश्वासमा लिई काम गर्नुृ पर्ने भन्दै सहभागीहरुले जनकल्याणको नामलाई सदैव उच्च स्थानमा राख्नु पर्ने बताएका छन् । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रघुप्रसाद आचार्य, पूर्व उपाध्यक्ष खिल प्रसाद गौतम, उपाध्यक्ष श्याम प्रसाद भट्टराई, संस्थाका सचिव रोम बहादुर न्यौपाने लगायत सल्लाहकार, सञ्चालक समिति, सञ्चारकर्मी, कर्मचारी, शेयर सदस्य लगायतको सहभागिता थियो । २०५३ साल भदौ २४ गते स्थापना भएको सहकारीको शेयर पूँजी २ करोड ५५ लाख,निक्षेप २१ करोड २२ लाख ,ऋण लगानी १९ करोड ८० लाख रहेको र सहकारीमा २ हजार ८ सय ५० जना शेयर सदस्यहरु आवद्ध रहेको सहकारीका ब्यवस्थापक दिपेन्द्र गौतमले बताए । सहकारी स्थापना भएको सम्झनामा साँझ कार्यालय परिसरमा दिप प्रज्जवलन समेत गरिएको छ ।
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...



-1789347794.jpg)






-1788140988.jpg)







