२४ भदौ, हेटौंडा । माओबादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु राम्रो काम गरेर देखाउन प्रधानमन्त्री भएको बताएका छन् ।
उनले प्रधानमन्त्रीका रूपमा आफ्नो तेस्रो कार्यकाललाई अवसरका रुपमा लिएको उल्लेख गर्दै जति समयसम्म प्रधानमन्त्री भइन्छ त्यतीन्जेलसम्म राम्रो काम गर्ने बताए ।
आइतबार हेटौँडामा चार दल सम्मिलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले देशमा व्याप्त रहेको भ्रष्टाचार, बेथिती र कुशासनका विरुद्ध संचालन गरेको अभियान नरोकिने बताए ।
केहि व्यक्तिलाई आफ्नो सरकारले चालेको सुशासनको अभियान मन नपरेको उनले दावी पनि गरे । कुशासनबाट फाइँदा लिइरहेकाहरू सुरुदेखि नै अभियानबाट आत्तिएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।
उनले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न कै लागी आफुहरुले समाजवादी मोर्चा बनाएको पनि बताए । उनले मोर्चाको कार्यक्रम अहिले कोठामा गरेको देखिएपनि आवस्यकता परे प्राप्त उपलब्धिको रक्षाको लागी लाखौ जनतालाई सडकमा उतार्न तयार रहेको चेतावनी पनि दिए ।
मोर्चामा आवद्ध हुन कम्युनिष्ट पार्टीहरुलाई माधव नेपालको आव्हान
एकीकृत समाजवादी नेपालका अध्यक्ष माधव कुमार नेपालले विभाजीत रहेका कम्युनिष्ट पार्टीहरुलाई मोर्चामा आवद्ध हुन आग्रह गरेका छन् । नेता नेपालले विचार र व्यवहार मिल्ने कम्युनिष्ट पार्टीहरुलाई मोर्चामा आवद्ध हुन आग्रह गरेका हुन् ।
उनले मोर्चाले परिवर्तनको पक्षमा काम गर्ने दावी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार त्यसको उदाहरण रहेको दावी गरे । नेता नेपालले जनयुद्धको नेतृत्व गरेर आएका पुष्पकमल दाहल प्रचण्डको नेतृत्वमा रहेको मोर्चामा गोलबद्ध भएर जनताको परिवर्तनको चाहाना पुरा गर्न कम्युनिष्टहरु एक हुनपर्नेमा जोड दिए ।
नेता नेपालले अहिले सरकारको नेतृत्व जनताको एउटा सफल योद्धाले गरेको उल्लेख गर्दै भ्रष्टाचार र कुशासन विरुद्ध अभियान थालेका प्रचण्डल राम्रो काम गरिरेहको दावी गरे ।
यस्तै उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारको राम्रो काममा सडकबाट साथ दिन तयार रहेको बताए । भ्रष्टाचार लगायत विभिन्न काण्डमा सरकारले राम्रो काम गरिरहेकोमा प्रशंसा गर्दै उनले सरकालाई साथ र सहयोग रहेको उनको भनाई थियो ।
नेता विप्लबले भ्रष्टाचार र बेतिथि विरुद्ध अझै दरो ढंगले खुट्टा टेक्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह समेत गरे । संविधानको रक्षा र जनजिविकाको क्षेत्रमा काम गर्न मोर्चामा आबद्ध भएको नेता विप्लबको भनाई थियो ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















