Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेशसभामा चारवटा विधेयक पेस, तीनवटामाथी सैद्धान्तिक छलफल

अब प्रदेशसभा बैठक २९ गते बस्ने

Pradesh-sabha-1694392774.png

२५ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको आइबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका तर्फबाट ४ वटा विधेयकहरू पेस भएका छन् । हिजो बसेको प्रदेश सभाको पहिलो बैठकमा सरकारका तर्फबाट प्रदेश सभामा विभिन्न चारवटा विधेयकहरु पेश भएका हुन् ।
सरकारका तर्फबाट प्रदेशसभामा विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेश गरिएको छ । यसैगरी आजकै बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पेश भएको छ ।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले विज्ञान प्रविधि तथा नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा पेस गरे हुन् । 
यस्तै प्रदेश सभामा सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेस गरेका छन् ।
यसअघि विपक्षी दलहरुको चेतावनीका कारण पटक पटक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा बैठक सञ्चालनका लागी आज विहान प्रदेशसभाका सभामुख भुवन कुमार पाठकको पहलमा सर्वदलिय बैठक बसेको थियो । सर्वदलीय बैठकमा सरकारले प्रतिपक्ष दलले उठाएका माग प्रक्रियागत रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आजदेखि बैठक सञ्चालन भएको हो । 
दोस्रो बैठकमा तीन वटा विधेयमाथी सैद्धान्तिक छलफल
प्रदेशसभाको आइतबार बसेको दोस्रो बैठकमा प्रदेश सभामा आइतबार नै पेश भएका तीन विधेयकमाथि  सैद्धान्तिक छलफल समेत भएको छ । प्रदेशसभाको आइतबारको बैठकमा कानुन मन्त्री श्रेष्ठले प्रस्तुत गरेको सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक बाहेक तीनवटा विधेयकहरुको सैद्धान्तिक पक्षमा छलफल भएको थियो । 
छलफलमा भाग लिँदै सांसदहरुले सरकारका मन्त्रीहरुले प्रस्तुत गरेको विधयकहरुमा समावेश गर्नुपर्ने बिषय र आवस्यक सुझावहरू दिएका थिए । यस्तै बैठकमा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ पनि दिएका थिए ।
नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा सामाजिक विकास मन्त्री मोक्तान, प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकका बिषयमा स्वास्थ्यमन्त्री उत्तम जोशी र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बिषयमा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठले सांसदहरुले राखेका जिज्ञासाका जवाफ दिएका थिए । 
अब प्रदेशसभा बैठक २९ गते बस्ने
आइतबार नै बसेको प्रदेशसभाको दास्रो बैठकबाट शेक प्रस्ताव पारित गर्दै भदौ २९ गतेसम्मका लागी बैठक स्थगित गरिएको छ । बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले २९ गते १२ः३० बजेसम्मका लागि बैठक स्थगित गरेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । 
आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेशसभाका पूर्व सदस्य डा. राजाराम कार्कीको निधन प्रति शोक प्रस्ताव पारित गरिएको थियो । स्वर्गीय कार्की २०७४ मा प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । 
क्यान्सर रोगको संक्रमणबाट केही दिन अघि कार्कीको निधन भएको थियो । उनको उपचारको क्रममा निधन भएकोमा प्रति प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित गरेको हो । सोही अवसरमा उनीप्रति प्रदेशसभाका सदस्यहरूले १ मिनेट मौन धारण व्यक्त गरी श्रद्धा अर्पण गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार