२५ भदौ, हेटौंडा । हेटौंडामा वृहत पदयात्रा तथा संयुक्त दिक्षान्त समारोह सम्पन्न भएको छ ।
पेन्गोलिन (सालक) ओपन स्काउट क्रियुको आयोजनामा 'सानो पाइला पदयात्रामा दौड, पर्यटन विकासमा स्काउटको जोड' भन्ने मुल नाराका साथ कार्यक्रम भएको हो । पदयात्रा कार्यक्रम राप्ती किनारबाट शुरू भई पाथिभरा, डाङ्डुङे हुँदै सहिद स्मारक हेटौडामा पुगेर समापन भएको थियो ।
हेटौडाका विभिन्न विद्यालयका ६०० जना भन्दा बढी विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा उपस्थित स्काउट विधार्थीलाई अशोक सारु मगरले प्रतिज्ञा गराउँदै ४ सय ५० जनाको सामुहिक दिक्षान्त गरिएको थियो । कार्यक्रममा ज्ञानोदय बालबाटिका, हेटौँडा एकेडेमी, कृष्ण आदर्श फेमकल एकेडेमी, प्रगती, श्रमिक, महेन्द्र किरण, बाल उज्जवल, रोटरी, महेन्द्र, बुद्ध, जनप्रिय मावि तथा हेटौडा बाहिरका चतुर्मुखी मावि चितवन लगायत विद्यालयको सहभागीता रहेको थियो ।
अस्मिता नेपालकी आरती पाठकको सभाध्यक्षता, बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता एवं बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेश सदस्य तथा क्रयु रोभर लिडर अशोक सारु मगर, स्काउट बागमती प्रदेशका सदस्य महेन्द्र राना मगर, वडा नम्बर ११ की अध्यक्ष जुना दाहाल, सूर्य विनायक नगरपालिका भक्तपुरका संयोजक शिव कुमार, थाहा नगर समितिका संयोजक गणेश मान श्रेष्ठ, शंकरापुर नगर काठमाडौका सदस्य सुरेन्द्रकार रन्जित लगायतको उपस्थिति रहेको थियो ।
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...



-1789347794.jpg)






-1788140988.jpg)







