Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डाक्टर कुटपिट घटनमा नेपाल चिकित्सक संघद्वारा जाहेरी

Capture-1694738616.JPG

२९ हेटौंडा । हेटौँडा १ मा रहेको सञ्चो अस्पतालमा डाक्टरमाथी भएको हातपातको विषयमा नेपाल चिकित्सक संघले मकवानपुर प्रहरी समक्ष जाहेरी दिएको छ । घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको माग गर्दै संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी पठाएको हो ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका एसपी सिताराम रिजालले बिहीबार सार्वजनिक बिदा परेकोले जाहरी दर्ता हुन नसकेको बताए । उनका अनुसार शुक्रबार जाहेरी दर्ता हुने छ । 
बुधबार सञ्चो अस्पतालमा चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । गत साउन २५ गते उक्त अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय थापा र बिडारी माथि हातपात भएको थियो । उक्त अस्पतालमा प्रारम्भिक उपचार पछि प्रधानलाई थप उपचारका लागि चितवन पठाएको र उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्लामा कार्यरत स्वाथ्यकर्मीहरुको सुरक्षा चुनौतीको विषयलाई मध्यनजर गर्दै घटनाबारे अनुसन्धान गर्न र संलग्नहरूलाई कारबाही गरी माग गर्दै संघले नेतृत्व लिएर काठमाडौँबाट प्रहरी समक्ष उजुरी दर्ताको लागि पठाएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए । 
त्यस्तै घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै नेपाल चिकित्सक संघ मकवानपुर, नेपाल औषधी व्यवसायी संघ मकवानपुर लगाएतका स्वास्थ्य क्षेत्रमा क्रियाशील मकवानपुरका बाह्वटा संघसंस्थाहरुले समेत प्रहरी समक्ष बिहीबार नै निवेदन दिएका छन् । 
घटनामा संलग्न ४ जना पक्राउ
मकवानपुर प्रहरीले डाक्टरमाथी भएको आक्रमणको घटनामा संलग्न रहेको भन्दै प्रहरीले चारजनालाई बिहीबार दिउँसो नियत्रणमा लिएको छ । मकवानपुर प्रहरीका प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार घटनमा संलग्न मृतक प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेका छन् ।
प्रवक्ता भण्डारीले घटनामा संलग्न भएका अन्य व्यक्तिहरू पनि पक्राउ पर्ने र हालका लागि उजुरी दर्ता गरी प्रक्रियागत रूपमा अघि बढ्ने तयारी भएको जानकारी दिए । प्रहरीले घटनामा संलग्ननहरुको पहिचानका लागि सिसिटिभी फुटेज अनुसन्धान गरी रहेको उनले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार