२९ हेटौंडा । हेटौँडा १ मा रहेको सञ्चो अस्पतालमा डाक्टरमाथी भएको हातपातको विषयमा नेपाल चिकित्सक संघले मकवानपुर प्रहरी समक्ष जाहेरी दिएको छ । घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाहीको माग गर्दै संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी पठाएको हो ।
जिल्ला प्रहरी कार्यलय मकवानपुरका एसपी सिताराम रिजालले बिहीबार सार्वजनिक बिदा परेकोले जाहरी दर्ता हुन नसकेको बताए । उनका अनुसार शुक्रबार जाहेरी दर्ता हुने छ ।
बुधबार सञ्चो अस्पतालमा चिकित्सकद्वय डा. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । गत साउन २५ गते उक्त अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय थापा र बिडारी माथि हातपात भएको थियो । उक्त अस्पतालमा प्रारम्भिक उपचार पछि प्रधानलाई थप उपचारका लागि चितवन पठाएको र उपचारका क्रममा मृत्यु भएको थियो ।
जिल्लामा कार्यरत स्वाथ्यकर्मीहरुको सुरक्षा चुनौतीको विषयलाई मध्यनजर गर्दै घटनाबारे अनुसन्धान गर्न र संलग्नहरूलाई कारबाही गरी माग गर्दै संघले नेतृत्व लिएर काठमाडौँबाट प्रहरी समक्ष उजुरी दर्ताको लागि पठाएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।
त्यस्तै घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै नेपाल चिकित्सक संघ मकवानपुर, नेपाल औषधी व्यवसायी संघ मकवानपुर लगाएतका स्वास्थ्य क्षेत्रमा क्रियाशील मकवानपुरका बाह्वटा संघसंस्थाहरुले समेत प्रहरी समक्ष बिहीबार नै निवेदन दिएका छन् ।
घटनामा संलग्न ४ जना पक्राउ
मकवानपुर प्रहरीले डाक्टरमाथी भएको आक्रमणको घटनामा संलग्न रहेको भन्दै प्रहरीले चारजनालाई बिहीबार दिउँसो नियत्रणमा लिएको छ । मकवानपुर प्रहरीका प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार घटनमा संलग्न मृतक प्रधानकी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधान रहेका छन् ।
प्रवक्ता भण्डारीले घटनामा संलग्न भएका अन्य व्यक्तिहरू पनि पक्राउ पर्ने र हालका लागि उजुरी दर्ता गरी प्रक्रियागत रूपमा अघि बढ्ने तयारी भएको जानकारी दिए । प्रहरीले घटनामा संलग्ननहरुको पहिचानका लागि सिसिटिभी फुटेज अनुसन्धान गरी रहेको उनले बताए ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

















