Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चिकित्सक कुटपिट घटनाः दुई जनाविरुद्ध किटानी जाहेरी

jjjj-1694823767.JPG

३० भदौ, हेटौंडा । भदौ २७ गते बुधबार भएको चिकित्सक कुटपिट घटनामा संलग्न रहेको अभियोगमा हेटौंडा १२ का दुईजना विरुद्ध जिल्ला प्रहरी कार्यलय मकवानपुरमा किटानी जाहेरी परेको छ ।
नेपाल चिकित्सक संघले शुक्रबार बिहान् हेटौंडा १२ का २९ बर्षिय अनुप प्रधान र १९ बर्षिय रोहित प्रधानविरुद्ध किटानी जाहेरी दिएको हो । उनिहरुलाई हेटौंडा १ मा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डाक्टर बिकास थापा र डाक्टर प्रशान्त बिडारीलाई कुटपिट गरेको अभियोगमा प्रहरीले बिहीबार नै पक्राउ गरिसकेको छ ।
यस्तै घटनामा संलग्न रहेको अभियोगमा बिहीबार नै हेटौँडा १२ कै रमा प्रधान र रमिता प्रधानलाई पनि प्रहरीले पक्राउ गरेको छ । गत साउन २५ गते सन्चो अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय थापा र बिडारीमाथी उनीहरुले कुटपिट गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी लक्ष्मी भण्डारीले दुई जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको जानकारी दिए । जाहेरी नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले दिएका हुन् ।
जहारीमा घटनमा संलग्न देखिएका सबैजनालाई चाँडोभन्दा चाँडो पक्राउ गरी प्रचलित कानुन अनुुसार कारबाही गर्नुपर्ने माग गरिएको प्रवक्ता भण्डारीले बताए ।
यसैबिच प्रहरीले चिकित्सक कुटपिट घटनामा पक्राउ परेका चारजनामाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट ३ दिनको म्याद थप गराएको छ । पक्राउ परेका ४ जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरबाट ३ दिनको म्याद थप गरिएको प्रवक्ता भण्डारीले जाननकारी दिए ।
उनले घटनामा संलग्न भएका अन्यलाई सिसिटिभी फुटेज र पक्राउ परेकाहरुको बयानको आधारमा पक्राउ गर्ने बताए । प्रहरीले टेक्निकल र म्यानुअल सिस्टमबाट घटनाको अनुसन्धान थालेको उनको भनाई छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार