Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सहकारीको लगानि उतपादनमुखी क्षेत्रमा गर्नुपर्छः पुर्व मुख्यमन्त्री पौडेल

dm-sir-1694872620.jpg

३० भदौ,हेटौँडा । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले सहकारी संस्थाहरुले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नु पर्नेमा कुरामा जोड दिएका छन् । हेटौडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको शनिवार भएको २३ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै पौडेलले सहकारी संस्थाहरु शेयर सदस्यप्रति जवाफ देहि हुनु पर्ने बताएका हुन् । 
उनले सहकारी संस्थाले अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण प्रतिफल नआएको बताउदै शेयर सदस्यहरुको आर्थिक विकासमा ध्यान दिन आग्रह गर्दै वहाँले सहकारी मार्फत उतपादनमा जोड दिन आग्रह गरे । साधारणसभामा संस्थाका अध्यक्ष मिठाराम दाहालले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष केशव प्रसाद देवकोटाले आर्थिक प्रतिवेदन, लेखा संयोजक तेज प्रसाद रुपाखेतीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा ज्येष्ठ शेयर सदस्य हिरादेवी दहाल, शेर बहादुर मिजार, नियमति तथा उत्कृष्ट बचतकर्ता विष्णुमाया लो, दिपक दियाली, उत्कृष्ट कारोवारी उर्मिला बस्याल, चुडामणी पराजुली, उत्कृष्ट ब्यवसायी भोजराज पराजुली, सक्रिय शेयर सदस्य टोम प्रसाद तिमल्सिना र उत्कृष्ट बाल बचतमा सुगन्सा धिताल र विषम धिताललाई पुरस्कृत गरिएको थियो । त्यसैगरि २०७९ सालको ईसईइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने अनुरा बलामी, भुषण दाहाल, आस्मा श्रेष्ठ, श्रृष दाहाल, समिप लामिछाने, सुदिन खतिवडा उच्च मावि तर्फ मोनिका देवकोटा, रोजन पोखरेल र उत्कृष्ट कर्मचारीमा कार्यालय सहायक रुपा चौलागाईलाई पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष दाहालको सभाध्यक्षमा सम्पन्न भएको भेलामा बागमती प्रदेश सांसद एवम सहकारीका उपाध्यक्ष एकालाल श्रेष्ठ, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक सदस्य विदुर हुमागाई, हेटौडा उपमहानगरपालिका सहकारी विकास महाशाखा प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल, जिल्ला दुग्ध उतपादक सहकारी संघ, मकवानपुर अध्यक्ष हरि कँडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ सचिव विरेन्द्रप्रसाद ढुङगाना, जिल्ला सहकारी संघका सदस्य नुर प्रसाद गौतम, संस्थाका सल्लाहकार बद्री प्रसाद लम्साल, सचिव रामजी सापकोटा लगायतको आतिथ्यता रहेको थियो । शेयर पूँजी २ करोड ८२ लाख, निक्षेप २९ करोड ४९ लाख, ऋण लगानी २९ करोड ९३ लाख रहेको यस सहकारीमा २ हजार ६ सय २ जना शेयर सदस्यहरु रहेका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार