३० भदौ,हेटौँडा । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडेलले सहकारी संस्थाहरुले उत्पादनमुखी क्षेत्रमा लगानी गर्नु पर्नेमा कुरामा जोड दिएका छन् । हेटौडा–२ मा रहेको नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाको शनिवार भएको २३ औं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै पौडेलले सहकारी संस्थाहरु शेयर सदस्यप्रति जवाफ देहि हुनु पर्ने बताएका हुन् ।
उनले सहकारी संस्थाले अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण प्रतिफल नआएको बताउदै शेयर सदस्यहरुको आर्थिक विकासमा ध्यान दिन आग्रह गर्दै वहाँले सहकारी मार्फत उतपादनमा जोड दिन आग्रह गरे । साधारणसभामा संस्थाका अध्यक्ष मिठाराम दाहालले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष केशव प्रसाद देवकोटाले आर्थिक प्रतिवेदन, लेखा संयोजक तेज प्रसाद रुपाखेतीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा ज्येष्ठ शेयर सदस्य हिरादेवी दहाल, शेर बहादुर मिजार, नियमति तथा उत्कृष्ट बचतकर्ता विष्णुमाया लो, दिपक दियाली, उत्कृष्ट कारोवारी उर्मिला बस्याल, चुडामणी पराजुली, उत्कृष्ट ब्यवसायी भोजराज पराजुली, सक्रिय शेयर सदस्य टोम प्रसाद तिमल्सिना र उत्कृष्ट बाल बचतमा सुगन्सा धिताल र विषम धिताललाई पुरस्कृत गरिएको थियो । त्यसैगरि २०७९ सालको ईसईइ परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने अनुरा बलामी, भुषण दाहाल, आस्मा श्रेष्ठ, श्रृष दाहाल, समिप लामिछाने, सुदिन खतिवडा उच्च मावि तर्फ मोनिका देवकोटा, रोजन पोखरेल र उत्कृष्ट कर्मचारीमा कार्यालय सहायक रुपा चौलागाईलाई पुरस्कृत गरिएको थियो । संस्थाका अध्यक्ष दाहालको सभाध्यक्षमा सम्पन्न भएको भेलामा बागमती प्रदेश सांसद एवम सहकारीका उपाध्यक्ष एकालाल श्रेष्ठ, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक सदस्य विदुर हुमागाई, हेटौडा उपमहानगरपालिका सहकारी विकास महाशाखा प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल, जिल्ला दुग्ध उतपादक सहकारी संघ, मकवानपुर अध्यक्ष हरि कँडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ सचिव विरेन्द्रप्रसाद ढुङगाना, जिल्ला सहकारी संघका सदस्य नुर प्रसाद गौतम, संस्थाका सल्लाहकार बद्री प्रसाद लम्साल, सचिव रामजी सापकोटा लगायतको आतिथ्यता रहेको थियो । शेयर पूँजी २ करोड ८२ लाख, निक्षेप २९ करोड ४९ लाख, ऋण लगानी २९ करोड ९३ लाख रहेको यस सहकारीमा २ हजार ६ सय २ जना शेयर सदस्यहरु रहेका छन् ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















