Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडा डाक्टर कुटपिट घटनाः भोलिबाट देशभर आकस्मिक बाहेक सबै सेवा बन्द 

htd-hospital-1694877506.jpg

३० भदौ,हेटौँडा । भदौ २७ गते हेटौँडास्थित सन्चो अस्पतालका डाक्टर विकास थापा तथा प्रशान्त विडारी माथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा ल्याउन चासो नदेखाएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।  संघले शनिबार एक विज्ञप्ति जारी गरी ७ बुँदे चरण बद्ध आन्दोलनको घोषणा गरेको हो ।

नेपाल चिकित्सक संघका अध्यक्ष अनिल विक्रम कार्की तथा महासचिव संजिव तिवारीद्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा घटनाभए लगत्तै संघले दिएको ७२ घण्टे अल्टिमेटम सिकिएपनि सरकार तथा प्रशासनले दोषीलाई दायरामा ल्याउन चासो नदेखाएको भन्दै ७ बुँदे चरण बद्ध आन्दोलनको घोषणा गरिएको उल्लेख गरिएको छ । आन्दोलनका कार्यक्रममा भदौ ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने संघले जनाएको छ ।  संघले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । संघले हेटौँडा अस्पताल घटनाका दोषीहरूलाई पक्राउ गरी कानुनी कारबाही चलाउनुको सट्टा स्थानीय सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका जिम्मेवार व्यक्तिहरूले मेलमिलाप गराउने भनी घटनालाई निस्तेज पार्न खोजिएको आरोप लगाउँदै सम्बन्धित निकाय माथि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाही गर्न समेत माग गरेको छ । यता प्रहरीले घटनामा संलग्न मृतककी श्रीमती ,छोरी ,छोरा र भतिजलाई पक्राउ गरेर अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुबाट तीन दिनको म्याद पाएको छ । पक्राउ परेका ४ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् । 

नेपाल चिकित्सक संघको यस्तो छ आन्दोलनका कार्यक्रम

377344338_864926281936068-1694877506.jpg
379465156_150627781436277-1694877543.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार