३१ भदौ, काठमाडौं । सार्वजनिक लेखा समितिले नौ उपसमिति गठन गरेको छ । आठ उपसमितिमा तीन/तीनजना र एक उपसमितिमा दुईजना रहने गरी समिति गठन गरिएको हो ।
आइतबार संघीय संसद् सचिवालय सिंहदरबारस्थित समितिको सभाकक्षमा बसेको बैठकले विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको बेरुजु सम्परीक्षण गर्नका लागि उपसमिति गठन गरेको हो । समिति सभापति ऋषिकेश पोखरेलले प्रस्ताव गरेको उपसमितिको क्षेत्राधिकार तथा सदस्यहरूको नाम र नेतृत्वलाई केही परिमार्जन गर्ने गरी उपसमिति गठन भएको छ ।
गठित उपसमितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, संघीय संसद् सचिवालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मधेस आयोगको बेरुजु हेर्ने गरी अर्जुननरसिंह केसीको संयोजकत्वमा योगेश भट्टराई र अमरेश कुमार सिंह सदस्य रहने गरी समिति गठन भएको छ ।
अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, प्राकृतिक स्रोत तथा वित्त अयाोग, महालेखा परीक्षकको कार्यालयको बेरुजु हेर्न गोकुल बास्कोटाको संयोजकत्वमा दिपक गिरी र अमनलाल मोदी रहने गरी समिति गठन भएको छ ।
राजेन्द्र लिङ्देनको संयोजकत्वमा सञ्जय गौतम र तारा लामा तामाङ सदस्य रहेको उपसमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रपतिको कार्यालय र राष्ट्रिय मानवअधिकार आयोगको बेरुजु हेर्ने कर्यक्षेत्र पाएको छ ।
खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय महिला आयोग हेर्न जर्नादन शर्मा, तेजुलाल चौधरी र हरि ढकाल रहेको उपसमिति बनेको छ । भौतिक, रक्षा मन्त्रालय तथा राष्ट्रिय दलित आयोगको बेरुजु हेर्न राजेन्द्र कुमार केसी, अच्युत प्रसाद मैनाली र लेखनाथ दाहाल सदस्य रहेको उपसमिति गठन भएको छ ।
ऊर्जा जलस्रोत मन्त्रालय, कृषि मन्त्रालयको साथै सर्वोच्च अदालत र आदिवासी जनजाति आयोगको बेरुजु हेर्न दामोदर भण्डारीको संयोजकत्वमा श्यामकुमार घिमिरे र विक्रम पाण्डे सदस्य रहेको उपसमिति गठन भएको छ ।
बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा थारू आयोगको बेरुजु अध्ययन गर्न रामकृष्ण यादवको संयोजकत्वमा सराज अहमद फारूकी तथा परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय, युवा खेलकुद मन्त्रालय, महिला बालबालिका मन्त्रालय, लोक सेवा आयोग र राष्ट्रिय समावेशी आयोगको बेरुजु हेर्न प्रदीप यादवको संयोकत्वमा देवप्रसाद तिमल्सिना र रुक्मणी राना बराइली सदस्य रहेको समिति गठन गरेको छ ।
सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महान्यायधिवक्ताको कार्यालय, निर्वाचन आयोग र मुस्लिम आयोगको बेरुजु हेर्न मनिष झाको संयोकत्वमा प्रेमबहादुर आले र मन्जु खाँण सदस्य रहेको उपसमिति गठन भएको छ ।
संसद्को कार्यकालभर क्रियाशील रहने उपसमितिले महालेखापरीक्षकको कार्यालयले फर्छ्यौट हुन नसक्ने भनेर लेखी पठाएको अवस्थामा संसदीय समितिले सम्परीक्षण गरेर असुल उपर गर्ने विषयमा अध्ययन गर्नेछन् ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















