३ असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधान दिवसलाई संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवं अविचल रहने दिनको रूपमा अङ्गीकार गर्नुपर्ने बताएका छन् ।
बागमती प्रदेश सरकारले बुधबार हेटौँडामा आयोजना गरेको संविधान दिवस २०८० को बिशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधानलाई अक्षरसः पालना गर्नसके लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र वीर शहीदहरुप्रति श्रद्घाञ्जली हुने बताए ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानले समाजवादको सुखद् परिकल्पना गरेको र यसबाटै समृद्ध नेपाल निर्माण गर्दै नेपालीको मुहार हसिलो पार्न सकिने दावी पनि गरे । ‘यसै संविधानले जनताको न्याय, समानता र जनजीविकाको हक स्थापित गरेको हो । यसमा सबैको ध्यान पुग्ुनुपर्छ । यही संविधानले केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको हो यसलाई पनि हामीले बिर्सनु हुँदैन,’ उनले भने ।
प्रदेश प्रमुख शर्माले संघीयता, गणतन्त्र तथा धर्मनिरपेक्षता यी सबै कुरा यहि संविधानको उपलब्धि भएकोले यसको रक्षाको लागी सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संविधानको सफल कार्यान्वयन ले देश निर्माणमा टेवा पुग्ने बताए । उनले देशलाई दिशा दिने बिषयमा संविधानको भूमिका मुख्य हुने भएकाले संविधानको सफल कार्यान्वयनका लागी सबैले अपनत्व लिनुपर्ने बताए ।
यसअघि बुधबार बिहान बागमती प्रदेश सरकारले संविधान दिवस २०८० को अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितको उपस्थितमा भएको प्रभातफेरी हेटौँडाको बुद्ध चोकबाट पिपल बोट, चौकिटोल ओरालो, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा प्रदेशका मन्त्री तथा सचिव, कर्मचारी विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । यस्तै प्रभातफेरीमा सुरक्षा निकायले व्याण्डबाज गर्नुका सागै विभिन्न जातिय तथा सामाजिक संघसंस्थाहरुले संस्कृतिका झाँकी प्रस्तुत गरेका थिए ।
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...








-1789347794.jpg)








