३ असोज, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधान दिवसलाई संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवं अविचल रहने दिनको रूपमा अङ्गीकार गर्नुपर्ने बताएका छन् ।
बागमती प्रदेश सरकारले बुधबार हेटौँडामा आयोजना गरेको संविधान दिवस २०८० को बिशेष समारोहलाई सम्बोधन गर्दै उनले संविधानलाई अक्षरसः पालना गर्नसके लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र वीर शहीदहरुप्रति श्रद्घाञ्जली हुने बताए ।
प्रदेश प्रमुख शर्माले नेपालको संविधानले समाजवादको सुखद् परिकल्पना गरेको र यसबाटै समृद्ध नेपाल निर्माण गर्दै नेपालीको मुहार हसिलो पार्न सकिने दावी पनि गरे । ‘यसै संविधानले जनताको न्याय, समानता र जनजीविकाको हक स्थापित गरेको हो । यसमा सबैको ध्यान पुग्ुनुपर्छ । यही संविधानले केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको हो यसलाई पनि हामीले बिर्सनु हुँदैन,’ उनले भने ।
प्रदेश प्रमुख शर्माले संघीयता, गणतन्त्र तथा धर्मनिरपेक्षता यी सबै कुरा यहि संविधानको उपलब्धि भएकोले यसको रक्षाको लागी सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संविधानको सफल कार्यान्वयन ले देश निर्माणमा टेवा पुग्ने बताए । उनले देशलाई दिशा दिने बिषयमा संविधानको भूमिका मुख्य हुने भएकाले संविधानको सफल कार्यान्वयनका लागी सबैले अपनत्व लिनुपर्ने बताए ।
यसअघि बुधबार बिहान बागमती प्रदेश सरकारले संविधान दिवस २०८० को अवसरमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितको उपस्थितमा भएको प्रभातफेरी हेटौँडाको बुद्ध चोकबाट पिपल बोट, चौकिटोल ओरालो, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा प्रदेशका मन्त्री तथा सचिव, कर्मचारी विभिन्न संघ संस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । यस्तै प्रभातफेरीमा सुरक्षा निकायले व्याण्डबाज गर्नुका सागै विभिन्न जातिय तथा सामाजिक संघसंस्थाहरुले संस्कृतिका झाँकी प्रस्तुत गरेका थिए ।
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

















