३ असोज, हेटौंडा । संविधान दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा दुईदिने हस्तकला प्रदर्शनी सुरु भएको छ । प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासन मन्त्रालयको प्रवद्र्धन तथा बागमती प्रदेश हस्तकला संघको आयोजनमा ‘प्रथम हस्तकला प्रवद्र्धन मेला–२०८०’ सुरु भएको हो ।
प्रदर्शनी बुधबार र बिहीबार गरी दुई दिनसम्म चल्ने बागमती प्रदेश हस्तकला संघका अध्यक्ष नविन शाक्यल जानकारी दिए । प्रदर्शनीको बुधबार बिहान बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संयुक्त रुपमा उद्घाटन गरे ।
मेलामा हस्तकलाका २५ वटा स्टल राखिएको बागमती प्रदेश हस्तकला संघका अध्यक्ष नविन शाक्यले जानकारी दिए । विशिष्ट मौलिक कला, संस्कृति तथा परम्परागत हस्तकलाको महत्वपूर्ण उद्गमस्थलको रुपमा रहेको अध्यक्ष शाक्यले बताए ।
विश्व सम्पदा सूचिमा सूचिकृत विशिष्ट कला सम्पदाहरु भएका कारण नेपालले विश्वमा छट्टै पहिचान स्थापित गर्न सकेको उनको भनाई छ । मौलिक कलाहरुको बिम्बको रुपमा हस्तकलाका समानहरुले आज देश तथा अन्र्तराष्ट्रिय बजारहरुमा लोकप्रियता पाइरहेकको उनल बताए । सोही अनुसार नेपाली हस्तकलाहरुको देश तथा मागहरुमा वृद्धि भई रहेको उनले बताए ।
प्रर्दशनीको उद्घाटन गर्दै प्रदेश प्रमुख शर्माले नागरिकहरुको आर्थिक उपार्जनमा हस्तकलाको महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए । उनले हस्तकालाको विकास र विस्तार गर्न सकेके खण्डमा पर्यटन क्षेत्रलाई समेत टेवा पु¥याउन सकिने बताए ।
प्रदेशका विभिन्न स्थानमा रहेका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सम्र्वद्धनमा सरकारले काम गर्न र अन्तराष्ट्रिय स्तरमा हस्तकलाको व्यापार व्यवसायलाई जोड्न भुमिका खेल्नुपर्ने उनको भनाई छ ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले हस्तकलालाई पर्यटनसंग जोडेर विकास एवम् विस्तारको काम गरिने बताए । हस्तकला उद्योगको प्रचार प्रसार तथा अन्तराष्ट्रियकरणका लागि प्रदेश सरकारले पहिलो पटक हस्तकला मेला आयोजना गरेको उनको भनाई छ । उक्त मेलालाई समयानुकल परिमार्जन गर्दै हरेक वर्ष आयोजना गरिने उनले बताए ।
सरकारले हस्तकला उद्योग तथा उत्पादीत सामग्रीहरुको बजारिकरणमा सघाउने उद्देश्य अनुरुप बजेट तथा कार्यक्रम ल्याएको उनले बताए । देशको मौलिकतामा आधारित हस्तकलाको विकास तथा सम्बर्दनमा सरकारले भूमिका खेल्ने उनको भनाई छ ।
अध्यक्ष शाक्यका अनुसार प्रदर्शनीमा परालको सुकुल, खोस्टाको चकटी लगायतका समाग्री प्रत्यक्ष रुपमा बनाएर देखाइएको छ भने प्रस्तक कला, धातुकला, काष्ठ कला, चांदीका गरगहना, चित्रकला, नेपालीहाते कागज, ऊनी तथा फेल्ट, सेरामिक्सका सामानहरु, प्राकृतिक रेशा र कपडाका समानहरु, काठको ठेकी, बासुरी, धातुको बाघचाल, प्रदर्शनीमा राखिएका छन् । प्रर्दशनीमा विशेष समुदाय विशेष ‘पौभा’ ‘पूँ’ चित्रकला समेत राखिएको छ ।
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

















