Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्राज्ञ गुरुङ र चालिसे मातृभूमि सम्मानबाट सम्मानित

अर्यालको ‘महाकाश’ विमोचन

1-1695517131.JPG

६ असोज, हेटौँडा । वरिष्ठ संस्कृतिविद् एवं प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डा. जगमान गुरुङ ‘मातृभूमि राष्ट्रिय सम्मान २०८०’ बाट शनिवार हेटौँडामा सम्मानित भएका छन् ।
मकवानपुरको अग्रणी साहित्यीक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले संस्थाको २५औं स्थापना दिवसको अवसर पारेर शनिवार गुरुङलाई सम्मानित गरेको हो । उनलाई नगद २५ हजार एक राशिसहित उक्त सम्मान प्रदान गरिएको छ ।
संस्थाले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष प्राज्ञ गुरुङलाई प्रदान गरिएको समाजका अध्यक्ष माधव पोखरेलले जनाकारी दिए । नेपाली संस्कृति क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याए बापत प्राज्ञ डा. गुरुङलाई उक्त पुरस्कार प्रदान गरिएको अध्यक्ष पोखरेलले बताए । 
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति समेत रहेका प्राज्ञ डा. गुरुङ नेपाली इतिहास एवं संस्कृति क्षेत्रका गहन अध्येता पनि हुन् । विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयको महत्वपूर्ण जिम्मेवारी सम्हालेका गुरुङको शोधपत्र लेखन एवं अनुसन्धान कार्यमा गहन भूमिका रहेको छ ।
यस्तै मतृभूमि समाजले नगद ११ हजार १११ राशिको ‘मातृभूमि लघुकथा रत्न सम्मान–२०७९’ बाट ‘लघुकथालय’का सर्जक वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेलाई सम्मान गरेको छ । लामो समयदेखि लघुकथाको क्षेत्रमा कलम चलाउँदै आएका डा.चालिसेका नेपाली भाषामा विभिन्न लघुकथा संग्रह, कविता, भाषा, अनुसन्धान र समालोचनाका पुस्तकहरू प्रकाशित रहेका छन् ।
सोही कार्यक्रमको अवसर पारेर मकवानपुरकी महाकाव्यकार मुना अर्यालको दोस्रो महाकाव्य ‘महाकाश’ को विमोचन समेत गरिएको छ । मतृभूमि साहित्य समाजका अध्यक्ष पोखरेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्राज्ञ डा. गुरुङ र डा. चालिसेलाई सम्मानीत गरेकी हुन् ।
यस्तै मन्त्री मोक्तान, सम्मानित व्यक्तित्वहरु डा. गुरुङ, डा. चालिसे, सर्जक संजाल मकवानपुरका संयोजक निमेष निखिल, मुक्तीगोविन्द बैध, माहाकाव्यकार मुना अर्याल लगाएतले संयुक्त रुपमा माहाकाव्य ‘महाकाश’को विमोचन गरेका हुन् ।

2-1695517133.JPG
3-1695517150.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार