Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

भन्सार छली ल्याएको मदिरा सहित पाँचजना भारतीय प्रहरी नियन्त्रणमा

IMG_20230924_163837-1695552835.jpg

७ असोज, हेटौंडा ।  मकवानपुर प्रहरीले आइतबार भन्सार छलि ल्याइएको विभिन्न ब्राण्डका ८५५ बोतल मदिरा, ओसार पसारमा प्रयोग भएको दुईवटा भारतीय कार र पाँचजना भारतीय नागरिकलाई सार्वजनिक गरेको छ ।
प्रहरीले असोज ५ गते शनिवार र ६ गते आइतबार बरामद गरेको मदिरा सहित कार र संलग्न व्यक्तिहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतको पश्चिम दिल्ली बस्ने २७ बर्षको बिक्की, २५ बर्षको राहुल, २८ बर्षको कुनाल, ३१ को नहिम र ३७ बर्षको राजु रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख सितारमा रिजालले जानकारी दिए ।
उनका अनुसार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा १५ रातोमाटे चेकपोष्ट अगाडीबाट उक्त मदिरा र कारसहित पाँचजना भारतीयलाई नियन्त्रणमा लिएको हो ।
बिशेष सूचनाको आधारमा सवारी साधनहरु रोकी जाँच गर्ने क्रममा चितवनबाट आउदै गरेको  डिएल २ सिएके १३९० र डिएल २ सिएके ७२७३ नम्बरको भारतीय कारबाट भारतको उत्तर प्रदेशबाट भन्सार छलि ल्याईएको रोयल ग्रिन व्हिस्की ३७५ एमएलको ७१५ बोतल र १८० एमएलको १४० बोतल गरि जम्मा ८५५ बोतल मदिरा बरामद गरेको प्रहरी प्रमुख रिजालले जानकारी दिए ।
उक्त मदिरा भारतको बिहार तर्फ लैजाने क्रममा हेटौँडामा नियन्त्रणमा लिएको उनलेे बताए । भरतको बिहारमा मदिरा प्रयोगमा प्रतिबन्ध रहेकोेले उनीहरुले नेपालको बाटो हुँदै तस्करी गरेको हुनसक्ने प्रहरी प्रमुख रिजालको भनाई छ । 
नियन्त्रणमा लिएको मदिरा सहित कार र पक्राउ परेका व्यक्तीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरी प्रमुख रिजालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

थप समाचार