८ असोज, काठमाडौं । एमाले बागमती प्रदेशमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाविपरीत चुनावी प्रतिस्पर्धाबाटै नयाँ नेतृत्व चयन हुने करिब निश्चित भएको छ।
सोमबार भृकुटीमण्डपमा अविधेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले प्यानल बनाएर प्रतिस्पर्धामा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएर सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि दबाब दिए पनि प्रतिस्पर्धा नटर्ने भएको हो ।
लुम्बिनी प्रदेशमा आफ्नो इच्छा विपरीत नेतृत्व चयन भएपछि बागमतिमा पनि प्रतिस्पर्धा नै हुने बुझेपछि ओलीले चुनावमा गए पनि प्यानल बनाउन भने रोक लगाउने नीति लिएका छन्। ‘प्रतिष्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुन्छ। ‘अध्यक्ष मण्डलले त्यो अधिकारसहित काम गर्नुहोस्। दुई फ्याकमा बाँड्ने अभ्यास नगरौं। स्वस्थ प्रतिष्पर्धा गर्नुहोस्, हारजित स्वीकार्नुहोस्,’ ओलीले अगाडि भने, ‘भोलि पल्टबाट मेरो पक्षमा भोट हालेको, मेरो विपक्षमा भोट हालेको भनेर कुनै प्रकारले खोजीनीति गर्न विभेद गर्न पाइँदैन। यो कुरालाई ध्यानमा राख्नुुस्।’
सर्वसम्मत नेतृत्व चयनको विषयमा कुराकानी भए पनि त्यसको सम्भावना निक्कै कम रहेको एक स्थायी कमिटी सदस्यले बताए। उनले भने, ‘अब चुनावमा जाने करिब निश्चित जस्तै भइसक्यो। सर्वसहमत गर्ने कोसिस हुन्छ। तर उम्मेदवारहरु त्यसका लागि तयार होलान् जस्तो लाग्दैन।’
चुनावका लागि प्रदेश कमिटिले सोमबार नै इलोक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) भाडामा लिइसकको छ। नाम उल्लेख गर्न नचाहेका प्रदेश कमितिका एक पदाधिकारीले भने, ‘हामी पूर्ण रुपमा चुनावको तयारीमा छौँ। इभिएम भाडामा ल्याइसकेका छौँ।’
भावी नेतृत्वका लागि मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेलबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षका लागि हालका अध्यक्ष केशव पाण्डे, सानुकुमार श्रेष्ठलगायतले रुचि देखाए पनि दाहाल र ढुंगेल नै अन्तिमसम्म चुनावी मैदानमा टिक्ने गरी तयारीमा छन्।
दाहालले मकवानपुरको पार्टी प्रमुख भएर दुई कार्यकाल काम गरिसकेका छन् भने तीनपटक सांसद भएका छन् । मकवानपुरबाट २०४८, २०५६, २०७४ मा प्रतिनिधिमा निर्वाचित दाहाल २०५१ मा भने पराजित भएका थिए।
उनले २०७४ को कार्यकालमा अर्थ समितिको सभापति भएर काम गरेका थिए। ढुंगेल रामेछापको पार्टी अध्यक्षका रुपमा तीन कार्यकाल काम गरको छन्। प्रतिनिसभामा चारपटक टिकट पाएर पराजित भए पनि २०७४ मा प्रदेशसभा जितेर बागमति प्रदेशको अर्थमन्त्री भएका थिए।
दाहाललाई पोलितब्युरो सदस्य गोकुल बास्कोटा र ढुंगेललाई अर्का नेता महेश बस्नेत पक्षले साथ दिएका छन्। एमालेमा प्रदेश नै पिच्छे देखिएको फरक फरक गुट बागमतिको हकमा बास्कोटा र बस्नेत पक्ष भएर उभिएको छ। बस्नेतले दाहालले सर्वसहमतिका लागि नछाडेमा प्रतिस्पर्धामा जाने बताए। देश सञ्चारसँग उनले भने, ‘सर्वसहमतिको कोसिस हुन्छ। कृष्ण दाहाल पछि हट्नु भएन भने चुनाव हुन्छ।’ उता दाहालले भने पछि हट्ने मनस्थितिमा छैनन् । (देशसंचारबाट)
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...










-1788140988.jpg)







