११ असोज, हेटौंडा । हेटौंडा-६ चौघडाको दुई सहकारी संस्थामा गएराति चोरी भएको छ । चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी र चौघडा बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको हो ।
जनकल्याणमा दुई जनाको समूहले मूल ढोका फुटाएर प्रवेश गरी भल्ट फुटाई ५० हजार ५ रूपैयाँ नगद चोरेको संस्थाले जनाएको छ । चौघडा बचतमा भवन पछाडिपट्टीको झ्यालको ग्रिल उक्काएर प्रवेश गरे पनि संस्थामा नगद राख्ने नगरेकाले नगद चोरी नभएपनि विद्युतीय उपकरण र भौतिक संरचनामा सामान्य क्षति भएको जनाइएको छ ।
जनकल्याणमा लेखा समितिको बैठकका लागि विहान समितिका पदाधिकारी आउँदा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो भने चौघडा बचतमा कार्यालय समयमा कर्मचारी आएपछि चोरी भएको थाहा पाएर प्रहरीलाई खबर भएको थियो ।
दुबै संस्था करिव १०० मिटर वरपर रहेका छन् । दुबै घटना राति १२ बजेदेखि २ बजे आसपासमा भएको छ । घटनास्थलमा प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोली पुगेर अनुसन्धान थालेको छ । केही समय अघि सहकारीमा चोरी हुने क्रम बढेपछि चौघडा क्षेत्रका अधिकांश सहकारीले संस्थामा नगद राख्न छोडेका छन् । उनीहरूले अबेरसम्मको रकम बैंक दाखिला गर्ने र संस्थामा राति नगद नराख्ने नीति लिएका छन् ।
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...






-1789347794.jpg)











