Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

समाज

हेटौंडा–१८ बड्कुलेमा अब हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको खानेपानी 

384312253_137881222968249-1695913408.jpg

११ असोज,हेटौँडा । हेटौंडा–१८ बड्कुलेका बासिन्दाले निःशुल्क खानेपानी पाउँने भएका छन् । २०५८ सालबाट सञ्चालन भएको मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत खानेपानीको प्रयोग गर्दै आएका बड्कुलेका स्थानीयले अब निःशुल्क खानेपानी पाउँने भएका हुन् । मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत संचालनमा आएको खानेपानी योजना बिहिबार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ ।   
स्थानिय स्तरमा सञ्चालनमा रहेको खानेपानी आयोजनाबाट दैनिक जिवन यापनका लागि बड्कुलेका १०४ घाराका बासिन्दाले १० हजार लिटर पानीको प्रयोग बापत ६५० रुपियाँ तिर्दै आएका थिए । मंहगो शुल्कमा पानीको उपभोग गर्दै आएका स्थानियलाई नियमित पानी दिन समितिलाई आर्थिक भारका कारण समस्या पर्दै गएपछि १८ नम्बर वडा कार्यालय मार्फत खानेपानीको महशुल भुक्तान गरीएको थियो । महशुल भुक्तान गरेसँगै बिहीवार खानेपानी योजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । बोर्डलाई हस्तान्तरण गरेसँगै बड्कुले बासिले १० हजार लिटर सम्म पानी निःशुल्क पाएका छन् ।
हेटौंडा उपमहानगरपालिकाले नगरक्षेत्रमा खानेपानी बोर्ड मार्फत जडित धाराबाट पानीको उपभोग गर्नेलाई १० हजार लिटर सम्म पानी निःशुल्क उपलव्ध गराएसँगै उपनहरुले पानी निःशुल्क पाउने भएका छन् । तोकिए भन्दा बढि पानी उपभोग गरेमात्र महशुल लाग्ने बताइएको छ ।
बोर्डमा हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले नगरवासीलाई पानीको सुबिधाबाट बञ्चित नगराउने उद्देश्य अनुरुप काम भैरहेको बताइन् । सरकार भएको अनुभुति दिलाउँदै नागरिकलाई दायित्व बोध गराउदै जिम्मेवारी दिने तयारी अनुसार अघि बढीरहेको उनको भनाई थियो । नगरवासीले धारामा आएको पानी सोझै प्रयोग गर्ने वातावरण बनाउने तयारीमा रहेको भन्दै उनले खानेपानीको उचित व्यवस्थापनसँगै आर्थिक रुपमा कम्जोर भएपनि बिकासको काममा जोड दिदै अघि बढेको बताइन् ।
हर्नामाडि क्षेत्रमा उपभोक्ता समितिले सञ्चालन गरेको ३ वटा योजना बोर्डमा हस्तान्तरण भैसकेको छ भने अहिले २५ हजार घरधुरीले बोर्ड मार्फत खानेपानीको प्रयोग गर्दै आएको बताइएको छ । मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति राजेन्द्र घलानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, हेटौंडा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार डाक्टर कृष्ण धिताल, बोर्डका कार्यकारी निर्देशक बिष्णु प्रासद सापकोटा लगाएतको आतिथ्यता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
मकवानपुरमा पराल बोकेको ट्रक पल्टियो, कम्तिमा ५ घाइते
IMG_20231206_125945-1701846986.jpg

२० मंसिर,हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरको  भिमफेदी-८  गगटेमा ट्रक दुर्घटना हुदा कम्तिमा ५ जना घाइते...

बुधवार घट्यो सुनचाँदीको मूल्य
IMG_0954-1701844669.png

२० मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलवार जस्तै बुधबार पनि घटेको...

काठमाडौंको न्युरोडबाट एक सुन पसले पक्राउ
IMG_0837-1701844395.png

२० मंसिर,हेटौंडा । काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखानाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको...

सुन गाल्ने कारखानामा प्रहरीको छापा
Screenshot_20231206_10172-1701837158.jpg

२० मंसिर, काठमाडौं । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति...

दीपक विष्टलाई राष्ट्रिय टिम तयारी निर्देशकको जिम्मेवारी
Dipak_Bista-1632926040-1701826636.jpg

२० मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई...

गृहमन्त्री श्रेष्ठको गंगालालमा एन्जियोप्लास्टी सर्जरी
Narayankaji-Shrestha_stim-1701825881.jpg

२० मंसिर, हेटौंडा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र...

बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने
Screenshot_20230323_08415-1701825136.jpg

२० मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ्ग नामक सामुद्रिक आँधीको...

महिला हिंसा बिरुद्ध हेटौँडा उपमहानगरको सचेतना कार्यक्रम
IMG_20231205_153805-1701789902.jpg

१९ मंसिर,हेटौंडा । महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकाको ३ ठाउँमा मंगलबार...

मनहरीमा चितवन राष्ट्रिय निकुञ्ज र सरोकारवालाबिच अन्तरक्रिया
377236044_889670122793667-1701789492.jpg

१९ मंसिर,हेटौँडा । मनहरी गाउँपालिकामा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु त्था सरोकारवालाबिच अन्तरक्रिया...

थप समाचार