Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा–१८ बड्कुलेमा अब हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको खानेपानी 

384312253_137881222968249-1695913408.jpg

११ असोज,हेटौँडा । हेटौंडा–१८ बड्कुलेका बासिन्दाले निःशुल्क खानेपानी पाउँने भएका छन् । २०५८ सालबाट सञ्चालन भएको मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत खानेपानीको प्रयोग गर्दै आएका बड्कुलेका स्थानीयले अब निःशुल्क खानेपानी पाउँने भएका हुन् । मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत संचालनमा आएको खानेपानी योजना बिहिबार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ ।   
स्थानिय स्तरमा सञ्चालनमा रहेको खानेपानी आयोजनाबाट दैनिक जिवन यापनका लागि बड्कुलेका १०४ घाराका बासिन्दाले १० हजार लिटर पानीको प्रयोग बापत ६५० रुपियाँ तिर्दै आएका थिए । मंहगो शुल्कमा पानीको उपभोग गर्दै आएका स्थानियलाई नियमित पानी दिन समितिलाई आर्थिक भारका कारण समस्या पर्दै गएपछि १८ नम्बर वडा कार्यालय मार्फत खानेपानीको महशुल भुक्तान गरीएको थियो । महशुल भुक्तान गरेसँगै बिहीवार खानेपानी योजना हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । बोर्डलाई हस्तान्तरण गरेसँगै बड्कुले बासिले १० हजार लिटर सम्म पानी निःशुल्क पाएका छन् ।
हेटौंडा उपमहानगरपालिकाले नगरक्षेत्रमा खानेपानी बोर्ड मार्फत जडित धाराबाट पानीको उपभोग गर्नेलाई १० हजार लिटर सम्म पानी निःशुल्क उपलव्ध गराएसँगै उपनहरुले पानी निःशुल्क पाउने भएका छन् । तोकिए भन्दा बढि पानी उपभोग गरेमात्र महशुल लाग्ने बताइएको छ ।
बोर्डमा हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले नगरवासीलाई पानीको सुबिधाबाट बञ्चित नगराउने उद्देश्य अनुरुप काम भैरहेको बताइन् । सरकार भएको अनुभुति दिलाउँदै नागरिकलाई दायित्व बोध गराउदै जिम्मेवारी दिने तयारी अनुसार अघि बढीरहेको उनको भनाई थियो । नगरवासीले धारामा आएको पानी सोझै प्रयोग गर्ने वातावरण बनाउने तयारीमा रहेको भन्दै उनले खानेपानीको उचित व्यवस्थापनसँगै आर्थिक रुपमा कम्जोर भएपनि बिकासको काममा जोड दिदै अघि बढेको बताइन् ।
हर्नामाडि क्षेत्रमा उपभोक्ता समितिले सञ्चालन गरेको ३ वटा योजना बोर्डमा हस्तान्तरण भैसकेको छ भने अहिले २५ हजार घरधुरीले बोर्ड मार्फत खानेपानीको प्रयोग गर्दै आएको बताइएको छ । मौडीखोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति राजेन्द्र घलानको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिल बानियाँ, खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, हेटौंडा उपमहानगरपालिकाका बिज्ञ सल्लाहकार डाक्टर कृष्ण धिताल, बोर्डका कार्यकारी निर्देशक बिष्णु प्रासद सापकोटा लगाएतको आतिथ्यता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

थप समाचार