Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा मुद्दा र पक्राउ पर्ने बढे

Capture-1695949231.JPG

१२ असोज, हेटौंडा । मकवानपुरमा विभिन्न प्रकृतिका घटना, मुद्दा र त्यसमा संलग्नहरु पक्राउ पर्नेको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा प्रत्येक वर्ष मुद्दा र पक्राउ पर्नेको संख्या बढ्दो क्रममा रहेको पाइएको हो । 
आर्थिक वर्ष २०७७÷७८ मा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ७३२ वटा मुद्दा दर्ता हुँदा ५८७ जना नेपाली र ७ जना विदेशी गरी ५९४ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०७८÷७९ मा यो तथ्यांकमा बृद्धि भएको पाइएको छ । 
यस वर्ष ८०२ वटा मुद्दा दर्ता हुँदा उक्त घटनाहरुमा संलग्न रहेको आरोपमा ७०१ जना नेपाली र २९ जना विदेशी गरी ७३० जना पक्राउ परेका छन् । 
यस्तै अघिल्लो अर्थिक वर्ष २०७९÷८० मा ८६६ वटा मुद्दा दर्ता भएको पाइएको छ । जसमा ७२९ जना नेपाली र ३५ जना विदेशी गरी ७६४ जना पक्राउ परेका छन् । चालु आर्थिक वर्षको भदौ महिना सम्ममा १८८ वटा मुद्दा दर्ता भैसकेको छ । जसमा १४८ जना नेपाली र १० जना विदेशी गरी १५८ जना पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकले देखाएको छ । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले पछिल्लो समय विभिन्न अपराधिक घटनाहरु बढेकोले मुद्दा र पक्राउ पर्नेको संख्यामा पनि बृद्धि भएको बताए । यो स्वभाविक भएको उनको भनाई रहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

थप समाचार