१४ असोज,हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ शिखरपानी चुरिमाईमामा अवस्थित शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएको छ । आइतबार एक समारोहका बिच शिखरपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता तथा हेटौंडा उपमहानगरपालिकाका नगर उप प्रमुख राजेश बाँनियाको आतिथ्यतामा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई समितिको कागजपत्र हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा वडा नंम्बर १५ का वडा अध्यक्ष सुनील मोक्तान, खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख विष्णु प्रसाद सापकोटा, पूर्व गा.वि.स अध्यक्ष प्रेम भोम्जन, समाजसेवी भानु प्रताप विडारी, पूर्व खानेपानी उपभोक्ता समितिका अध्यक्ष पञ्च बहादुर थिङको आतिथ्यतामा सम्पन्न कार्यक्रममा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कर्मचारीहरु लगायत स्थानिय खानेपानी उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा खानेपानीको टंकि निर्माण गर्न जग्गा उपलबध गराउने जग्गा दाताहरुलाई सम्म गर्नुका साथै समितिमा विगत लामो समय देखि कार्य गर्दे आइरहनु भएका कर्मचारी सेते वाइवालाई उमेर हदका कारण अवकास प्राप्त हुनु भएकोले विदाई तथा सम्मान समेत गरिएको थियो । समिति हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका आएसँगै त्यस क्षेत्रमा संचालित ४५० धाराहरुले १० हजार लिटर खानेपानी उपभोग गरे बापत न्युन्तम शुल्क २५० रुपैयाँ भुक्तानी गर्दे आइरहेकोमा आज देखि १० हजार लिटर सम्म पानी निःशुल्क खानेपानी उपभोग गर्न पाउने भएका छन् ।
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

















