Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सरकारी निकायमा अपांगमैत्री संरचनाको माग

dddd-1696210160.jpg

१५ असोज, हेटौंडा । बागमती प्रदेशका सरकारी निकायमा अझैपनि अपांगमैत्री तथा पहुँचयुक्त शौचालय र धारा नभएको भन्दै सरोकारवालाहरुले गुनासो गरेका छन् । 
राष्ट्रिय अपांग महासंघ बागमती प्रदेशले आइतबार हेटौंडामा आयोजना गरेको अपांगता अधिकार सवाल र पहुँचयुक्त भौतिक संरचना प्रतिवेदन सार्वजनिक कार्यक्रममा सहभागी अगुवाहरुले यस्तो गुनासो गरेका हुन् ।
सरकारी निकायमा अपांगमैत्री चिन्ह र संकेत नभएको, ¥याम तथा लिफ्टको व्यवस्था नभएको, विपद् व्यवस्थापन योजना नभएको जानकारी दिइएको हो ।
प्रतिवेदन सार्वजनिक गर्दै महासंघका जनवकालत अधिकृत सुरेन्द्र तिमल्सिनाले अपांगता भएकाहरुको लागि सरकारी निकायमा बैठक हल पहुँचयुक्त नभएको, पार्किङमा समस्या हुने गरेको, पहुँचयुक्त वेभसाइट नभएको जानकारी दिए ।
अपांग महासंघ बागमती प्रदेशका अध्यक्ष अस्वीन लम्सालले मिडियामा आउने गरेको समाचारमा दयामुखी भाव झल्किने गरेको बताए । उच्च ओहोदामा भएकाहरुले नै अपांगलाई होच्याउने शब्दहरु प्रयोग गर्ने गरेको भन्दै उनले दुःख व्यक्त गरे । 
कार्यक्रममा आइएल सेन्टरका महासचिव गणेश केसीले अपांगता भएकाहरुको लागि प्रयोग गर्नुपर्ने शब्द र प्रयोग हुँदै आएको शब्दहरुको बिषयमा जानकारी दिएका थिए । 
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले समाचार लेख्दा शब्द चयनमा ध्यान दिन सञ्चारकर्मीहरुलाई अनुरोध गरे । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग तथा अपांग महासंघका प्रतिनिधिहरुको उपस्थिती थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार