१५ असोज, हेटौंडा । बागमती प्रदेशसभाको आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक पेश भएको छ । बैठकमा प्रदेश सरकारका तर्फबाट संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उक्त विधेयक पेश गरेका हुन् ।
उक्त विधेयको माथीको सैद्धान्तिक छलफलमा भाग लिदैँ सांसदहरुले आ–आफ्नो धारणा समेत राखेका छन् । सदनमा सांसदहरु बसन्त मानन्धर, सृजना सायजु, सुरेन्द्रराज गोसाईं, मधुसुदन पौडेल, ठुला थामी, रमा आले मगरले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए ।
उनीहरुले उक्त विधेयकले विभिन्न स्थानीय तहहरुले गर्दै आएका भाषा तथा संस्कृति संरक्षणको प्रयासलार्य टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । यस्तै सांसदहरुले विद्यालयदेखि नै मातृ भाषको अध्यापनको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले मातृ भाषा हराउँदै जाँने अवस्थामा प्रदेश सरकारले ल्याएको विधेयकले भाषा संरक्षणमा कोशेढुंगो सावित हुने दावी गरे ।
यस्तै सांसदहरुले प्रदेशमा बाहुल्यता रहेको तामाङ र नेवार भाषालाई मात्र नभई प्रदेशमा बोलीने अन्य मातृभाषाको जगेर्नामा पनि ध्यान पु¥याउँनुपर्ने बताएका थिए ।
बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री महर्जनले प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धी विधेयकले संघीयताको मुल मर्मलाई दर्शाउने बताए । उनले सरकारको मात्र नभइ संसदकै गरिमालाई उच्च राख्न सो विद्येयकले महत्वपूर्ण हुने दावी गरे । उनले विधेयकले तामाङ र नेपाल भाषाको मात्र नभइ अन्य भाषाहरुको संरक्षणको लागी पनि महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।
त्यसअघि प्रदेश सभा बैठकको सुन्य समयमा बोल्ने अधिकांस सांसदहरुले हाल भइरहेको मुल्यबृद्धिको बिरोध गरेका थिए । आइतबारको बैठकमा सांसदहरुले सुनदेखि नुनसम्मका बिषयमा आफ्ना धारणा राखेका थिए ।
बैठकको शून्य समयमा बोल्ने अधिकांस सांसदाहरुले चाँडबाड नजिकिँदै गर्दा आकासियको मूल्यबृद्धिको बिषयमा सरकारको जवाफ माग गरेका छन् । उनीहरुले मूल्यवृद्धि नियन्त्रणमा लिन तीनै तहको सरकार चुकेको आरोप लगाएका छन् ।
यस्तै केहि सांसदहरुले प्रदेशका मन्त्रीको नाम सुन काण्डमा मुछिएको भन्दै मन्त्रीलाई संसदमा उपस्थित भएर जवाफ दिन माग गरेका थिए ।
म निदोष छुः मन्त्री लामा
सुन तस्करीको आरोप लगोका बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाईं मन्त्री तिर्थ बहादुर लामाले आफु निर्दोष भाएको दावी गरेका छन् । उनले आइतबार प्रदेशसभा बैठकमा सांसदहरुले प्रश्न उठाएपछि जवाफ दिँदै समाचारहरुमा आएजस्तो सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका हुन् ।
उनले आफुलाई बदनामा गर्ने उद्देश्यले केहि व्यक्तिहरुले आधारहिन आरोप लगाएका बताए । मन्त्री लामाले सुन तस्करीमा अनुसन्धान गरिरहेको निकायले सार्वजनिक रुपमै आफ्नो संलग्नता नरहेको प्रष्ट पारिसकेको उनले दावी गरे । ‘आफ्नै पार्टी भित्रका असन्तुष्ट र बाहिरी व्यक्तिहरुले आधाहिन कुरा उठाउँदै सामाजिक सञ्जाल मार्फत मलाई बदनाम गराउँने असफल प्रयास गरेका छन् । म यसमा निर्दोष छु । सुन तस्करीमा मेरो कुनै संलग्नता छैन,।’ मन्त्री लामाले भने ।
उनले आफुले यसअघि नै विज्ञप्ती मार्फत स्पष्ट पारिसकेको बताउँदै अनुसन्धान गर्ने निकायले समेत सार्वजनिक रुपमा आफ्नो संलग्नता नरहेको पुष्टि गरीसकेको दावी गरे ।
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...










-1788140988.jpg)







