१५ असोज, हेटौंडा । बागमती प्रदेशसभाको आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धी विधेयक पेश भएको छ । बैठकमा प्रदेश सरकारका तर्फबाट संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले उक्त विधेयक पेश गरेका हुन् ।
उक्त विधेयको माथीको सैद्धान्तिक छलफलमा भाग लिदैँ सांसदहरुले आ–आफ्नो धारणा समेत राखेका छन् । सदनमा सांसदहरु बसन्त मानन्धर, सृजना सायजु, सुरेन्द्रराज गोसाईं, मधुसुदन पौडेल, ठुला थामी, रमा आले मगरले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए ।
उनीहरुले उक्त विधेयकले विभिन्न स्थानीय तहहरुले गर्दै आएका भाषा तथा संस्कृति संरक्षणको प्रयासलार्य टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । यस्तै सांसदहरुले विद्यालयदेखि नै मातृ भाषको अध्यापनको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले मातृ भाषा हराउँदै जाँने अवस्थामा प्रदेश सरकारले ल्याएको विधेयकले भाषा संरक्षणमा कोशेढुंगो सावित हुने दावी गरे ।
यस्तै सांसदहरुले प्रदेशमा बाहुल्यता रहेको तामाङ र नेवार भाषालाई मात्र नभई प्रदेशमा बोलीने अन्य मातृभाषाको जगेर्नामा पनि ध्यान पु¥याउँनुपर्ने बताएका थिए ।
बैठकमा सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री महर्जनले प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धी विधेयकले संघीयताको मुल मर्मलाई दर्शाउने बताए । उनले सरकारको मात्र नभइ संसदकै गरिमालाई उच्च राख्न सो विद्येयकले महत्वपूर्ण हुने दावी गरे । उनले विधेयकले तामाङ र नेपाल भाषाको मात्र नभइ अन्य भाषाहरुको संरक्षणको लागी पनि महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।
त्यसअघि प्रदेश सभा बैठकको सुन्य समयमा बोल्ने अधिकांस सांसदहरुले हाल भइरहेको मुल्यबृद्धिको बिरोध गरेका थिए । आइतबारको बैठकमा सांसदहरुले सुनदेखि नुनसम्मका बिषयमा आफ्ना धारणा राखेका थिए ।
बैठकको शून्य समयमा बोल्ने अधिकांस सांसदाहरुले चाँडबाड नजिकिँदै गर्दा आकासियको मूल्यबृद्धिको बिषयमा सरकारको जवाफ माग गरेका छन् । उनीहरुले मूल्यवृद्धि नियन्त्रणमा लिन तीनै तहको सरकार चुकेको आरोप लगाएका छन् ।
यस्तै केहि सांसदहरुले प्रदेशका मन्त्रीको नाम सुन काण्डमा मुछिएको भन्दै मन्त्रीलाई संसदमा उपस्थित भएर जवाफ दिन माग गरेका थिए ।
म निदोष छुः मन्त्री लामा
सुन तस्करीको आरोप लगोका बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाईं मन्त्री तिर्थ बहादुर लामाले आफु निर्दोष भाएको दावी गरेका छन् । उनले आइतबार प्रदेशसभा बैठकमा सांसदहरुले प्रश्न उठाएपछि जवाफ दिँदै समाचारहरुमा आएजस्तो सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका हुन् ।
उनले आफुलाई बदनामा गर्ने उद्देश्यले केहि व्यक्तिहरुले आधारहिन आरोप लगाएका बताए । मन्त्री लामाले सुन तस्करीमा अनुसन्धान गरिरहेको निकायले सार्वजनिक रुपमै आफ्नो संलग्नता नरहेको प्रष्ट पारिसकेको उनले दावी गरे । ‘आफ्नै पार्टी भित्रका असन्तुष्ट र बाहिरी व्यक्तिहरुले आधाहिन कुरा उठाउँदै सामाजिक सञ्जाल मार्फत मलाई बदनाम गराउँने असफल प्रयास गरेका छन् । म यसमा निर्दोष छु । सुन तस्करीमा मेरो कुनै संलग्नता छैन,।’ मन्त्री लामाले भने ।
उनले आफुले यसअघि नै विज्ञप्ती मार्फत स्पष्ट पारिसकेको बताउँदै अनुसन्धान गर्ने निकायले समेत सार्वजनिक रुपमा आफ्नो संलग्नता नरहेको पुष्टि गरीसकेको दावी गरे ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















