१६ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले चिठ्ठा विधेयक पेश गर्न खोजेपछि सोमबारको बागमती प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद र मर्यादा पालकबिच घम्साघम्सि भएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देश सहित पुनर्विचारको लागि प्रदेश सभामा फिर्ता पठाएको ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश सभामा पेश गर्न खोजेपछि एमालका सांसद र मर्यादा पालकहरुबिच घम्साघम्सि भएको हो ।
गत जेठ ७ गते बागमती प्रदेशका प्रदेश प्रमुख शर्माले उक्त विधेयकमाथी पुनर्विचार गर्नुपर्ने भन्दै प्रदेशसभा बैठकमै फिर्ता पठाएका थिए । तर बागमती प्रदेश सरकारले उक्त विधेयकमा विना कुनै परिवर्तन र संसदलाई सूचना नै नदिई सदनमा पेश गर्न खोजेको भनदै एमालेका सांसदाहरुले बैठकमा होहल्ला र विरोध गरेका हुन् ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठको तर्फबाट प्रदेशका आर्थिक मामिला मन्त्री बाहादुर सिं लामालाई उक्त विधेयक सदनमा पेश गर्न अनुमति दिएपछि एमालेका सांसद केशव प्रसाद पोखरेलले उठेर आपत्ति जनाएका थिए । सांसद पोखरेको आपत्तिका बावजुद मन्त्री लामाले उक्त विधेयक प्रस्तुत गरेपछि एमालेका सांसदहरुले रोष्टम अगाडी उभिएर नारावाजी गरेका थिए ।
त्यतिमा पनि मन्त्री लामा नरोकिएपछि एमालेका सांसदहरु विधेयकको विरोध गर्दै रोष्टम घेर्न पुगेपछि मर्यादापालक र सांसदहरुबिच घम्साघम्सि भएको हो । एमाले सांसद पोखरेलले सरकारले प्रदेश प्रमुखबाट फिर्ता भएको विधेयक विधेयक फिर्ता हुनुपरेको कारणबारे स्पष्ट पारेर र सूचना दिएर विधिवत बाटोबाट विधेयकलाई सदनमा पेश गर्न र तत्काल भने उक्त विधेयक प्रस्तुत गर्ने बिषय कार्यसूचिबाट हटाउँन माग गरेका थिए ।
तर मन्त्री लामाले सदनमा विधेयक पेश गर्न नरोकेपछि एमालेका सांसदहरु रोष्टमा उभिएर होहल्ला गरेर सदन अवरुद्ध गरेका थिए । एमालेका सांसदहरुको लगाताको विरोध र होहल्लापछि सदन संचालन गर्न नसक्ने भएपछि सभामुख पाठकले सदन १५ मिनेटका लागी स्थगित गरेका थिए ।
तर पुनः सदन चल्नसक्ने परिस्थिति नबनेपछि बागमती प्रदेशसभा सचिवालयले सभामुख पाठकको अनुमितिमा अर्को बैठक असोज १६ गते मंगलबार दिउँसो २ बजे बस्नेगरी स्थगित सूचना टाँस गरेर स्थगित गरेको छ ।
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...










-1788140988.jpg)







