१६ असोज, हेटौंडा । बागमती प्रदेश सरकारले चिठ्ठा विधेयक पेश गर्न खोजेपछि सोमबारको बागमती प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसद र मर्यादा पालकबिच घम्साघम्सि भएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले सन्देश सहित पुनर्विचारको लागि प्रदेश सभामा फिर्ता पठाएको ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रदेश सभामा पेश गर्न खोजेपछि एमालका सांसद र मर्यादा पालकहरुबिच घम्साघम्सि भएको हो ।
गत जेठ ७ गते बागमती प्रदेशका प्रदेश प्रमुख शर्माले उक्त विधेयकमाथी पुनर्विचार गर्नुपर्ने भन्दै प्रदेशसभा बैठकमै फिर्ता पठाएका थिए । तर बागमती प्रदेश सरकारले उक्त विधेयकमा विना कुनै परिवर्तन र संसदलाई सूचना नै नदिई सदनमा पेश गर्न खोजेको भनदै एमालेका सांसदाहरुले बैठकमा होहल्ला र विरोध गरेका हुन् ।
प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठको तर्फबाट प्रदेशका आर्थिक मामिला मन्त्री बाहादुर सिं लामालाई उक्त विधेयक सदनमा पेश गर्न अनुमति दिएपछि एमालेका सांसद केशव प्रसाद पोखरेलले उठेर आपत्ति जनाएका थिए । सांसद पोखरेको आपत्तिका बावजुद मन्त्री लामाले उक्त विधेयक प्रस्तुत गरेपछि एमालेका सांसदहरुले रोष्टम अगाडी उभिएर नारावाजी गरेका थिए ।
त्यतिमा पनि मन्त्री लामा नरोकिएपछि एमालेका सांसदहरु विधेयकको विरोध गर्दै रोष्टम घेर्न पुगेपछि मर्यादापालक र सांसदहरुबिच घम्साघम्सि भएको हो । एमाले सांसद पोखरेलले सरकारले प्रदेश प्रमुखबाट फिर्ता भएको विधेयक विधेयक फिर्ता हुनुपरेको कारणबारे स्पष्ट पारेर र सूचना दिएर विधिवत बाटोबाट विधेयकलाई सदनमा पेश गर्न र तत्काल भने उक्त विधेयक प्रस्तुत गर्ने बिषय कार्यसूचिबाट हटाउँन माग गरेका थिए ।
तर मन्त्री लामाले सदनमा विधेयक पेश गर्न नरोकेपछि एमालेका सांसदहरु रोष्टमा उभिएर होहल्ला गरेर सदन अवरुद्ध गरेका थिए । एमालेका सांसदहरुको लगाताको विरोध र होहल्लापछि सदन संचालन गर्न नसक्ने भएपछि सभामुख पाठकले सदन १५ मिनेटका लागी स्थगित गरेका थिए ।
तर पुनः सदन चल्नसक्ने परिस्थिति नबनेपछि बागमती प्रदेशसभा सचिवालयले सभामुख पाठकको अनुमितिमा अर्को बैठक असोज १६ गते मंगलबार दिउँसो २ बजे बस्नेगरी स्थगित सूचना टाँस गरेर स्थगित गरेको छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















