१६ असोज, हेटौंडा । हेटौंडा जेसीजले आयोजना गरेको भाषणकला पब्लिक स्पिकिङको चौथो संस्करणको उपाधि नवलपुरकी यमकला पौडेलले जितेकी छिन् । सोमबार हेटौंडामा भएको फाइनल भिडन्तमा अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएकी उनले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् ।
पोखराकी सुष्मा आचार्य द्वितीय र नवलपुरकै पुजा पराजुली तृतीय भए । उनीहरुले क्रमश ः नगद १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । फाइनलका प्रतिस्पर्धीले कहाँ छ खुसी भन्ने विषयमा आफ्नो धारणा राखेका थिए ।
विभिन्न चरणमा अनलाइनमार्फत देशैभरका सहभागीबाट फाइनलमा १० जना प्रतिस्पर्धीलाई छनौट गरिएको प्रमुख निर्णायक प्राध्यापक घनश्याम घिमिरेले जानकारी दिए ।
विजेता तथा सहभागीहरुलाई नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, आयोजक हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौला लगायतले नगद तथा पुरस्कार हस्तान्तरण गरेका हुन् ।
मन्त्री श्रेष्ठले पछिल्लो समय युवामा नकारात्मक विचार एवम् स्वभाव बढ्दै जानु दुःखद् भएको धारणा राखे । मानिसहरु आफू आफैं जस्तो नहुँदा नैराश्यता एवम् दुःख बढ्दै गएको उनको भनाई थियो । कार्यक्रमका प्रतिस्पर्धीले बोलेका कुराहरु व्यवहारमा उतार्नु आवश्यक रहेको मन्त्री श्रेष्ठको सुझाव थियो ।
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...









-1788140988.jpg)







