१६ असोज, हेटौंडा । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपाली टोली क्वार्टरफाइलमा पराजित भएको छ । मंगलबार खेलिएको क्वार्टरफाइनलमा भारतले नेपाललाई २३ रनले हराएको हो । हारसँगै एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यात्रा समाप्त भएको छ ।
भारतले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ७९ रनमात्र बनाउन सक्यो ।
नेपालले पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । उनी १० रन बनाउँदै पेभेलियन फर्किए । आसिफले ६ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काए । उनलाई भारतीय बलर अभेष खानले विकेटपिकर जितेश शर्माद्वारा क्याच गराएका थिए । ३.४ ओभरमा उनी आउट हुँदा नेपालले २९ रन बनाएको थियो ।
दोस्रो विकेटका रूपमा नेपालले कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल २८ रन बनाउँदै आउट भएका हुन् । उनले ३२ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । उनलाई भारतीय बलर साई किशोरले अभेष खानद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले ८.५ ओभरमा ६२ रन बनाएको थियो ।
तेस्रो विकेटका रूपमा नेपालले कुशल मल्ललाई गुमाएको थियो । उनी २१ बलमा दुई छक्का र दुई चौकाको मद्दतले २९ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । १०.३ ओभरमा उनी आउट हुँदा नेपालले ७६ रन बनाएको थियो । उनलाई भारतीय बलर रवि विस्नोईले अर्सदिप सिंहद्वारा क्याच गराएका थिए ।
नेपाली टोलीले चौथो विकेटका रूपमा कप्तान रोहित पौडेललाई तीन रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । उनलाई भारतीय बलर रवि विस्नोईले एलबीडब्लूको धरापमा पारेका थिए । उनी आउट हुँदा नेपालले ११ ओभरमा ७७ रन बनाएको थियो ।
नेपालले पाँचौँ विकेटका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी १५ बलमा चार छक्काको मद्दतले ३२ रन बनाउँदै आउट भए । उनलाई रवि विस्नोईले साई किशोरद्वारा क्याच गराएका थिए । १४.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २२ रन बनाएको थियो । त्यसअघि उनले १३.२ ओभरमा नेपाललाई एक सय रन पुरा गराएका थिए । दीपेन्द्रले छक्का प्रहार गर्दै टोलीको एक सय रन कटाएका थिए । त्यसपछि पनि लगातार दुई बलमा उनले छक्का हिर्काएका थिए । त्यसपछि उनी आउट भएका थिए ।
नेपालले छैटौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको थियो । उनी १२ बलमा तीन छक्का र एक चौकाको मद्दतले २९ रन बनाउँदै आउट भएका हुन् । उनी आउट हुँदा नेपालले १५.४ ओभरमा एक सय ४० रन बनाएको छ । त्यतिबेला नेपाललाई जितका लागि २५ बलमा ६२ रन आवश्यक थियो । सन्दीप जोरालाई अर्सदिप सिंहले जैसवालद्वारा क्याच गराएका थिए ।
नेपालले सातौँ विकेटका रूपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी पाँच बलमा एक छक्काको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनी आउट हुँदा नेपालले १७ ओभरमा एक सय ५६ रन बनाएको थियो । उनलाई अभेष खानले साई किशोरद्वारा क्याच गराएका थिए ।
आठौँ विकेटका रूपमा गुल्सन झा पेभेलियन फर्किएका हुन् । उनी ६ रन बनाउँदै आउट भएका थिए । उनको विकेट अर्सदिप सिंहले लिएका थिए । उनलाई अर्सदीपले जैसवालद्वारा क्याच गराएका थिए । नवौँ विकेटका रूपमा सन्दीप लामिछाने आउट भएका थिए । उनी पाँच रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनको विकेट अभेस खानले लिए । उनी आउट हुँदा नेपाललाई जितका लागि ६ बलमा ३० रन आवश्यक थियो । करण केसी १८ रन बनाउँदै अविजित रहे । उनले १३ बलमा दुई छक्का र एक चौका हिर्काए । अविनाष बोहरा शून्य रनमा अविजित रहे ।
त्यसअघि टस जिती पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाए । जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । गाइकवाड २५ रन बनाउँदै आउट भए ।
भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । नेपाली बलर दीपेन्द्र सिंह ऐरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एक—एक विकेट लिए । नेपालको फिल्डिङ खासै प्रभावकारी देखिएन । नेपाली फिल्डरले केही गतिला अवसरलाई खेर फालेका थिए ।
भारतको पहिलो विकेट नेपाली बलर दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन् । उनले रुतुराजलाई २५ रनको व्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । रुतुराज भारतीय टोलीका कप्तान पनि हुन् । पहिलो विकेट गुमाउँदा भारतले ९.१ ओभरमा एक सय तीन रन बनाएको थियो ।
यसैगरी भारतीय टोलीको दोस्रो विकेट सोमपाल कामीले लिएका हुन् । उनले भारतीय ब्याट्सम्यान तिलक बर्मालाई दुई रनको व्यक्तिगत स्कोरमा पेभेलियन फर्काए । सोमपालले तिलकलाई बोल्ड गरेका हुन् । दोस्रो विकेट गुमाउँदा भारतले ११.४ ओभरमा एक सय ११ रन बनाएको थियो ।
भारतको तेस्रो विकेटका रूपमा जितेश शर्मा आउट भएका थिए । उनको विकेट नेपाली बलर सन्दिप लामिछानेले लिएका हुन् । सन्दीपले उनलाई पाँच रनको व्यक्तिगत स्कोरमा आफ्नो बलिङमा आफैले क्याच गरे । भारतले तेस्रो विकेट गुमाउँदा १२.५ ओभरमा एक सय १९ रन बनाएको थियो ।
दीपेन्द्रसिंह ऐरीले भारतको चौथो विकेट लिएका थिए । उनले भारतका ओपनर ब्याट्सम्यान यशस्वी जैसवाललाई पेभेलियन फर्काएका थिए । जैसवाल शतक बनाएलगत्तै पेभेलियन फर्किएका थिए । ऐरीले उनलाई अविनाष बोहराद्वारा क्याच गराएका थिए । चौथो विकेट गुमाउँदा भारतले १६.२ ओभरमा एक सय ५० रन बनाएको थियो ।
पेभेलियन फर्किनुअघि जैसवालले ४९ बलमा सात छक्का र आठ चौकाको मद्दतले शतक पुरा गरेका थिए । उनी टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन् । मंगलबार नेपालविरुद्ध शतक बनाउँदा उनको उमेर २१ वर्ष दुई सय ७९ दिन पुगेको छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















