Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

papas_zYuSC0GSRq-1696411774.jpg

१७ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव, योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नविन डाँगी,सव इन्जिनियर रोशनी विष्ट र खानेपानी तथा सरसफाइ टेक्निसियन बलबहादुर बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मु्द्दा दायर भएको हो।
गंगादेवको घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङको खानेपानी निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले मु्द्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।
यसैगरी सोही प्रकरणमा उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी,सचिव खड्कबहादुर डाँगी र कोषाध्यक्ष चन्द्र कुमारी डाँगीको संलग्नता देखिएको अख्तियारको ठहर छ।
गंगादेव गाउँपालिकाका वडा -२ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई र वडा सदस्य टिका विक,गनबहादुर भण्डारी,वडा सचिव कुलबहादुर योगीको पनि भ्रष्टाचारजन्य कार्यमा  संलग्नता रहेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।
गंगादेव गाउँपालिका-२ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको  उनीहरूविरुद्ध उजुरी परेको  थियो। सोही उजुरीका आधारमा छानबिन गर्दा सोलार पम्पिङ  खानेपानी निर्माण योजनाका लागि आर्थिक वर्ष २०७६/०७७ मा गाउँपालिकाबाट वास्तविक भए गरेको कार्यभन्दा बढी काम गरेको भनी गलत प्रतिवेदन तयार गरी चार लाख ६६ हजार ४८८ रुपैयाँ हानीनोक्सानी गरेको अख्तियारको ठहर छ । आयोगले उनीहरूविरुद्ध सोही रकम बराबरको विगो माग दावीसहित कैद सजाय माग गरिएको अख्तियारले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

थप समाचार