१८ असोज, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका ४ नम्बर वडामा रहेको बाराही माध्यमिक विद्यालयलाई भीमफेदी गाउँपालिकाले विद्यालय बस सहयोग गरेको छ ।
गाउँपालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष सञ्जीव श्रेष्ठको उपस्थितमा एक कार्यक्रमकाबीच विद्यालयलाई बस हस्तान्तरण गरेको हो ।
भीमफेदी गाउँपालिकाको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा बस सेवा सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश आचार्यले जानकारी दिए ।
साविक निबुवाटार गाविस हाल भीमफेदी गाउँपालिका वडा नम्बर ३ र ४ गरी दुइवटा वडा बनाइएको छ । दुईवटै वडाको लागि माध्यमिक तहको स्कुल भने बाराही माध्यमिक विद्यालय मात्र रहेको छ ।
उनले भौगोलिक हिसाबले विकट भएकोले स्थानीय अभिभावक र विद्यालयको माग बमोजिम गाउँपालिकाका अध्यक्ष लामा र उपाध्यक्ष श्रेष्ठको विशेष पहलमा विद्यालय बसको ब्यवस्था भएको बताए ।
गाउँपालिका अध्यक्ष लामाले अध्यापन गर्न आउने विभिन्न ठाउँका विद्यार्थी भाइबहिनीलाई सजिलो बनाउनको लागि बसको ब्यवस्था गरेको बताए । लामाले सबै अभिभावकलाई आग्रह गर्दै अब सरकारी विद्यालयमै गुणस्तरीय शिक्षा प्रदान हुने भएकोले निर्धक्क भएर आफ्ना नानीबाबुलाई विद्यालय पठाउन अनुरोध गरे ।
कार्यक्रममा वडा अध्यक्षहरूका सागर पाण्डे, जहार सिं लामा, काशिराम बज्यु, प्रकाश पुडासैनी, विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गौतमलगायतको आतिथ्यता थियो ।
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...










-1788140988.jpg)







