Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाका अधिकांश पुर्नस्थापना केन्द्र मापदण्ड विपरित

२० असोज, हेटौंडा । मकवानपुरमा लागूऔषध प्रयोगकर्ताहरुको लागि सञ्चालनमा रहेका अधिकांश पुनस्र्थापना केन्द्र मापदण्ड विपरित रहेको पाइएको छ । 
जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सरोकारवाला निकायले गरेको अनुगमनको क्रममा मापदण्ड अनुसार सञ्चालनमा नरहेको पाइएको हो । अनुगमन टोलीले जिल्लाको ७ वटा पुनस्र्थापना केन्द्रको अनुगमन गरेको हो । 
‘अधिकांश पुनस्र्थापना केन्द्रमा जग्गाको मापदण्ड नपुगेको पाइएको छ’, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले भने, ‘पुनस्र्थापना केन्द्रमा भौतिक संरचना र जग्गाको अभाव देखिएको छ । सरकारी प्राथमिकता समेत कम भएको पाइएको छ । सुधार गर्नुपर्ने कुरा धेरै छन् ।’ 
मापदण्ड नपुगेका सुधार केन्द्रलाई अनुगमन टोलीले सुधारका लागि सुझाव समेत दिएको छ । प्राय ः सुधार केन्द्रमा भान्सामा खानाको तालिका नबनाएको, पुस्तकालय नभएको पाइएको सहायक प्रजिअ चापागाईंले जानकारी दिए । 
सञ्चालकलाई समयानुकुल तालिम दिनुपर्ने आवश्यकता देखिएको बताइएको छ । मकवानपुर लागूऔषध उत्पादन, सेवन तथा ओसारपसारमा अग्रस्थानमा रहेको छ । जिल्लाका सबै सुधार केन्द्रमा लागूऔषध प्रयोगकर्ताहरुको भीड नै रहेको छ । 
स्थानीय तहमा एउटै वडामा धेरै उपचार तथा पुनस्र्थापना केन्द्रलाई अनुमति दिनु भन्दा एउटा मात्रै व्यवस्थित बनाएर सञ्चालन गर्नुपर्ने चापागाईंको सुझाव छ । 
अनुगमन टोलीले हेटौंडा १५ मा रहेको ब्रीज अफ होप, हेटौंडा ८ को सुरुवात, ८ मै रहेको साहारा समूह, ९ नम्बर वडामा रहेको सिआन पुर्नस्थापना केन्द्र र पिरु फाउण्डेसन, ४ नम्बर वडामा रहेको मकवानपुर रिकभरिङ समूह तथा ११ नम्बर वडाको निता फाउण्डेसनमा अनुगमन गरेको हो । 
अनुगमन गरिएकोमध्ये रिकभरिङ समूहमा सबै राम्रो भएको अन्यले भने सुधार गर्नुपर्ने अवस्था रहेको अनुगमन टोलीको सुझाव छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार