Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

चिकित्सा शिक्षा ऐन संशोधन आवस्यकः मन्त्री बस्नेत

Mantri-Basnet-1696668841.JPG

२० असोज, हेटौंडा । नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेताले चिकित्सा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने बताएका छन् ।
शनिवार हेटौँडामा नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकाररुसँग कुरा गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधार अवस्यक रहेकोले चिकित्सा शिक्षा ऐन नै संसोधन गर्नुपर्ने बताए । मन्त्री बस्नेतले विधमान चिकित्सा ऐन देशलाई आवस्यक चिकित्सक तथा स्वास्थ्यकर्मी उत्पादन गर्न वाधक भएकाले तत्काल ऐन संसोधन गर्न आफु लागी परेको दावी गरे ।
अहिले कै अवस्था कायम रहे केहि बर्षपछि नेपालमा डाक्टर र नर्स पाउँन कठिन हुने मन्त्री बस्नेतले दावी गरे । यस्तै मन्त्री बस्नेतले गरिब, असाहय तथा कोही नभएकाहरुका लागि देशब्यापी रुपमा निशुल्क उपचारको व्यवस्था मिलाउँन आफुले सरकारीमा शतप्रतिशत भर्ना निशुल्क र निजी अस्पतालहरुमा कम्तिमा दश प्रतिशत बेड अनिवार्यरुपमा पूर्ण निःशुल्क हुनुपर्ने निर्णय गरेको बताए । 
मन्त्री बस्नेतले सरकार स्वास्थ्य क्षेत्रको समग्र विकासका लागी भौतिक संरचना, दक्ष जनशक्ति र प्रविधियुक्त गुणस्तरिय स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागीरहेको जानकारी दिए । यस्तै अस्पताल तथा स्वास्थ्य संस्थाअरुमा आवस्यक रहेको दरवन्दी थप गर्न पनि सरकार गम्भिरता पूर्वक लागिरहेको बताए ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी बन तथा वातावरण मन्त्री मसिना खड्का, बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ट लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार