२१ असोज,हेटौँडा । मकवानपुरमा नजिकिदै गरेको दशै,तिहार जस्ता चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले चाडपर्व लक्षित सुरक्षा योजनाको बारेमा जानकारी दिएका हुन् । चाडपर्वको सुरक्षार्थ जिल्लामा ८१७ जना प्रहरी परिचालन गरिने भएको छ । पत्रकार सम्मेलना बोल्दै एसपी रिजालले मकवानपुरमा प्रदेशको राजधानी समेत रहेकाले यहाँ रहेका प्रदेशस्तरीय मन्त्रालय, सरकारी कार्यालय, भीआइपी निवास र भीभीआइपीहरुको समेत सुरक्षा व्यवस्थाका लागि ठुलो संख्यामां प्र्रहरी परिचालनको योजना बनाइएको बताएका छन्।
यस्तै प्रहरी प्रमुख रिजालले जिल्ला प्रहरी कार्यालयले चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा २४ सै घण्टा विशेष फोर्स पनि परिचालन गर्ने जानकारी दिए ।प्रहरी उपरीक्षक रिजालले सादा पोशाक, मोवाइल गस्ती, चेकिङ, साइकल गस्ती लगायतका कार्यलाई परिचालन गरिने बताए । जिल्लाबासीको सुरक्षाका लागि मकवानपुरमा ८१७ जना प्रहरी परिचालन हुने बताए।
“जिल्लाको चारैक्षेत्रको नाकामा र जिल्ला भित्र रहेका ६२ वटै प्रहरी युनिटबाट पैदल, साइकल मोटरसाइकल मार्फत टोली परिचालन गरिनेछ“– पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रिजालले भने ।
आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिनका लागि रातदिन खटिने र सुरक्षित वातावरणमा चाड मनाउने अवस्था सृजना गर्ने उनले बताएका छन्। सुरक्षा योजना सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी ,प्रहरी निरीक्षक प्रकाश शाह,पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम सहित मकवानपुरका विभिन्न संचारगृहका कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो । मकवानपुर प्रहरीले अघिल्लो चाडपर्व लक्षित सुरक्षा योजनाका लागि ५७६ जना प्रहरी परिचालन गरेको थियो ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















