Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजनाः २४सै घण्टा प्रहरी गस्ती

387573590_154395764414179-1696776672.jpg

२१ असोज,हेटौँडा । मकवानपुरमा नजिकिदै गरेको दशै,तिहार जस्ता चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो । आइतबार जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मकवानपुर प्रहरी प्रमुख सीताराम रिजालले चाडपर्व लक्षित सुरक्षा योजनाको बारेमा  जानकारी दिएका हुन् । चाडपर्वको सुरक्षार्थ जिल्लामा ८१७ जना प्रहरी परिचालन गरिने भएको छ । पत्रकार सम्मेलना बोल्दै एसपी रिजालले मकवानपुरमा प्रदेशको राजधानी समेत रहेकाले यहाँ रहेका प्रदेशस्तरीय मन्त्रालय, सरकारी कार्यालय, भीआइपी निवास र भीभीआइपीहरुको समेत सुरक्षा व्यवस्थाका लागि ठुलो संख्यामां प्र्रहरी परिचालनको योजना बनाइएको बताएका छन्।

यस्तै प्रहरी प्रमुख रिजालले जिल्ला प्रहरी कार्यालयले चाडपर्वलक्षित सुरक्षा योजना अन्तर्गत प्रहरी निरीक्षक (इन्सपेक्टर) को कमाण्डमा २४ सै घण्टा विशेष फोर्स पनि परिचालन गर्ने जानकारी दिए ।प्रहरी उपरीक्षक रिजालले सादा पोशाक, मोवाइल गस्ती, चेकिङ, साइकल गस्ती लगायतका कार्यलाई परिचालन गरिने बताए । जिल्लाबासीको सुरक्षाका लागि मकवानपुरमा ८१७ जना प्रहरी परिचालन हुने बताए। 
“जिल्लाको चारैक्षेत्रको नाकामा र जिल्ला भित्र रहेका ६२ वटै प्रहरी युनिटबाट पैदल, साइकल मोटरसाइकल मार्फत टोली परिचालन गरिनेछ“– पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रिजालले भने । 
आम नागरिकलाई सुरक्षा प्रत्याभूति दिनका लागि रातदिन खटिने र सुरक्षित वातावरणमा चाड मनाउने अवस्था सृजना गर्ने उनले बताएका छन्। सुरक्षा योजना सार्वजनिक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी ,प्रहरी निरीक्षक प्रकाश शाह,पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम सहित मकवानपुरका विभिन्न संचारगृहका कार्यरत पत्रकारहरुको उपस्थिती रहेको थियो । मकवानपुर प्रहरीले अघिल्लो चाडपर्व लक्षित सुरक्षा योजनाका लागि ५७६ जना प्रहरी परिचालन गरेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार