२३ असोज, हेटौंडा । बागमती प्रदेशको वर्षे अपधिवेशन मंगलबार राति १२ बजेबाट अन्त्य भएको छ । प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार रातिबाट लागू हुनेगरी वर्षे अधिवेशन अन्त्य गरेका हुन् ।
यसअघि मंगलबार दिउँसो बसेको बागमती प्रदेशको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको थियो । गत जेठ ९ गते पहिलोपटक आव्हान भएको बागमती प्रदेशको वर्षे अधिवेशनले प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को बजेट पास गर्नुका साथै केही विद्येयकहरु पारित गरेको छ ।
यसअवधिमा वर्षे अधिवेशनका ३८ वटा बैठकहरु संचालन भएका छन् । यस्तै वर्षे अधिवेशनमा संचालित बैठकहरुबाट अर्थ सम्बन्धी २ वटा विद्येयकसहित ४ वटा विद्येयकहरु पारित गरिएको छ । प्रदेशसभाको उक्त बैठकहरुमा आर्थिक विद्येयक २०८० र विनियोजन विद्येयक २०८० पारित गर्नुका साथै प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक, २०८० र प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो ।
यस वर्षे अधिवेशनमा ७ वटा विद्येयकहरु दर्ता भएका थिए । प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०५७ लाई संशोधन गर्न बनेको विद्येयक, विज्ञान, प्रविधि, नवप्रवर्तक तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकहरु बिषयगत समितिहरुमा छलफलका क्रममा रहेका छन् ।
यस्तै संसद सचिवालयमा एक विवादीत विद्येयक भने विचाराधीन अवस्थामा रहेको छ । प्रदेश प्रमुख कार्यालयबाट पुनः विचारका लागि फिर्ता भएको विवादीत चिठ्ठा विद्येयक भने सचिवालयमा विचाराधीन अवस्थामा रहेको छ ।
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...









-1788140988.jpg)







