२५ असोज,हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाको एक विद्यालयले विद्यालयमा विद्यार्थीलाई नियमित गराउने वातावरण बनाइराख्न र बीचैमा पढाइ छाड्ने प्रवृत्ति अन्त्यका लागि विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा रहेको पशुपति माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ११५ जना विद्यार्थीहरुलाई साइकल प्रदान गरेको हो । विद्यालयमा बिहिबार एक कार्यक्रमको आयोजना गर्दे विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विद्यार्थीलाई साइकल वितरण गरेकि हुन् । साइकल मनहरी गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा खरिद गरेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिएका छन्।साइकल वितरण कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले विद्यालयले विद्यार्थीका लागी साइकल वितरण गरेर प्रशंसनिय काम गरेको उल्लेख गर्दै बिचैमा विद्यालय छाड्ने समस्यामा कमि आउने कुरामा आफु ढुक्क रहेको सुनाईन । उनले ग्रामिण क्षेत्रका विद्यालयहरुमा विद्यार्थी भर्ना बढाउने र टिकाई राख्नका लागी प्रदेश सरकारकारले पनि सहयोग पु¥याउँने प्रतिवद्धता व्यक्त गरिन् ।
यता विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले ४ नम्बर वडाका वडाध्यक्ष प्रकाश थापाको अगुवाइमा प्राप्त १० लाख रुपियाँ बजेटबाट साइकल वितरण गरिएको बताएका छन्।प्रधानाध्यापक आचार्यले साइकल वितरणले बनकरिया समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा विद्यालय आउजाउ गर्न एक घण्टाभन्दा बढी पैदल हिँड्नु पर्ने बाध्यतमक अवस्थाको अन्त्य हुने कुरामा आशावादी रहेको बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका शिक्षा प्रमुख प्रदीप पराजुली, पूर्ववडाअध्यक्ष ध्रुब खड्का, विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष रामहरि बिष्ट लगायतको उपस्थिती रहेको थियो ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















