Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

वादको खेती

Utshab-1514355559.jpg

- उत्सव चौलागाई

तल- तल तहखाना बनायो
भ्रष्टाचार चलायो
माथि-माथि पार्टी बनायो 
मुलुक चलायो 
क्या गजबको देश 
क्या गजब भो देश 
मुलुकको मुखिया पनि आफैं 
भ्रष्टाचारको दलाल पनि आफैं 
दलाल र मुखियाको फ्युजन
क्या गजबको देश 
क्या गजब भो देश ।

तल- तल तहखाना बनायो
रामनामी चलायो
माथि - माथि झण्डा बनायो 
क्या गजबको देश 
क्या गजब भो देश 
रामको हनुमान पनि आफैं 
माक्सको लेलिन पनि आफैं 
लेलिन र हनुमानको फ्युजन 
क्या गजबको देश 
क्या गजब भो देश ।

तल - तल तहखाना बनायो
लेण्डुपवाद चलायो
माथि - माथि भिमसेनको मूर्ति बनायो
रास्ट्रीयता चलायो
क्या गजबको देश 
क्या गजब भो देश 
लेण्डुप पनि आफैं 
भीमसेन पनि आफैं 
भीमसेन र लेण्डुपको फ्युजन 
क्या गजबको देश 
क्या गजब भो देश ।

तल- तल तहखाना बनायो
पुँजीवाद चलायो
माथि - माथि झण्डा बनायो
सत्ता चलायो 
क्या गजबको देश 
क्या गजब भो देश 
सर्बहाराको माक्स पनि आफैं 
पुँजीवादको मार्सल पनि आफैं 
माक्स र मार्सलको फ्युजन 
क्या गजबको देश 
क्या गजब भो देश 
गान्धारीको पट्टी खुल्ने 
एक दिन होला देश ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार