Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरमा सेवा लिनेको संख्या बढ्यो

अब फिजियोथेरापि सेवा निशुल्क

387532433_176317694412796-1697204272.jpg

पत्रकारसँगको अन्तरक्रियामा बोल्दै डाक्टर पाण्डे

२६ असोज,हेटौँडा । आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरबाट सेवा लिनेको संख्या बढेको छ । शुक्रबार आयुर्वेद सेवा प्रवद्र्धन गर्न  आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले आयोजना गरेको पत्रकार सँगको अन्तरक्रिया कार्यक्रममा विगतको बर्ष भन्दा अघिल्लो आर्थिक बर्षमा आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिनको संख्या बृद्धि भएको जानकारी गराइएको हो । पत्रकारसँगको अन्तरक्रिया बोल्दै केन्द्रकी प्रमुख डाक्टर ललिता पाण्डेले आर्थिक बर्ष २०७९।०८० मा २१ हजार ९५६ जनाले सेवा लिएको जुन आर्थिक बर्ष २०७८।०७९ को भन्दा बढी रहेको बताइन् । डाक्टर पाण्डेले मकवानपुरका ७ स्थानीय तहमा  आम नागरिकले सेवा प्राप्त गर्न सक्ने बताउदै हेटौंडामा ८ वटा क्लिनिक,मनहरी र थाहानगरमा एक÷एक वटा क्लिनिक सञ्चालनमा रहेको बताइन्।उनले ५ वटा गाउँपालिकामा भने नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको जनाकारी गराइन्। 
उनले पञ्चकर्म तर्फ ५३० जनाले सेवा लिएको त्यस्तै क्षारसुत्र १०६ जनाले सेवा लिएको,त्यसैगरी ७५२ जना जेष्ठ नागरिकले सेवा लिएको २१० जनाले स्तनपायी सेवा लिएको बताइन् । अन्तरक्रिया कार्यक्रममा पाण्डेले २२०८ जनाले ल्याव सेवा, १९९७ जनाले फिजियो थेरापी, एक हजार १९५ जनाले अंकुपञ्चर सेवा लिएको कुरा उल्लेख गरिन । 
उक्त सेवा लिदाँ २ हजार पाँच सय शुल्क लाग्ने तर फिजियोथेरापिको सेवा भने निशुल्क रहेको बताइन् । कार्यक्रममा आयुर्वेदका कन्सल्टेन्ट डाक्टर साइरस न्यौपानेले आयुर्वेद पञ्चकर्मका विषयमा र केन्द्रले प्रदान गरिरहेका सेवाहरुको बारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम,जिल्ला पूर्व अध्यक्ष हरि हुमागाई,केन्द्रका आयुर्वेद  लगायतको आतिथ्यता रहेको थियो । 


 

370083812_179321347780002-1697204274.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार