Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चैनपुर जेसीजको जेसीज सप्ताह सुरु

dfaa-1697373517.jpg

२८ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह सुरु भएको छ । आइतवार बिहान एक कार्यक्रमका वीच जेसीज सप्ताहको सुरुवात गरिएको हो । पहिलो दिन दुइवटा कार्यक्रम भएको छ । 
बिहान मनहरी गापा ३ लामिटारमा जेसीजको सम्पर्क सचिवालय उद्घाटन गरिएको छ । कार्यक्रम संयोजक दीपक गोलेको संयोजकत्व एवम् अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गापाका स्रोत शिक्षक एवम् चैनपुर जेसीजका अध्यक्ष सल्लाहकार बिदुरबिक्रम थापाको प्रमुख आतिथ्यता रहेको थियो । 
स्थायी सचिवालय निर्माण नहुन्जेलसम्मका लागि जेसीजको गतिविधि सन्चालनका लागि सम्पर्क सचिवालय सन्चालनमा ल्याइएको अध्यक्ष अधिकारीले बताए । प्रमुख अतिथि थापाले प्रस्तावित शाखा रहँदै युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सकृयता देखाएकोमा खुसी व्यक्त गर्दै योजनावद्ध सबैसंग समन्वय गर्दै अभियान सन्चालन गर्न अनुरोध गरे । 
सप्ताह अन्तर्गत जेसीजका सदस्यका बीच जेसीजको बिषयमा हाजिरीजवाफ प्रतियोगिता भएको छ । प्रतियोगितामा तीनजना उपाध्यक्षहरु मिलन ढुंगाना, सुरेश गौतम र मनोज बिष्ट प्रथम, द्वितीय र तृतीय भएका छन् । उनीहरुलाई जेसीज सप्ताह समापनको क्रममा क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । 
प्रतियोगितामा ११ जना जेसीज सदस्यहरुले सहभागिता जनाएका थिए । कार्यक्रम संयोजक जयराम रिजालको संयोजकत्वमा कार्यक्रम भएको हो । सोमबार राक्सिराङमा रहेको श्री आधारभुत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण र मनहरी ३ लामिटारमा लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम हुनेछ । स्थानीय टोल विकाससँस्थाको आग्रहमा लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार