Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चैनपुर जेसीजको जेसीज सप्ताह सुरु

dfaa-1697373517.jpg

२८ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह सुरु भएको छ । आइतवार बिहान एक कार्यक्रमका वीच जेसीज सप्ताहको सुरुवात गरिएको हो । पहिलो दिन दुइवटा कार्यक्रम भएको छ । 
बिहान मनहरी गापा ३ लामिटारमा जेसीजको सम्पर्क सचिवालय उद्घाटन गरिएको छ । कार्यक्रम संयोजक दीपक गोलेको संयोजकत्व एवम् अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गापाका स्रोत शिक्षक एवम् चैनपुर जेसीजका अध्यक्ष सल्लाहकार बिदुरबिक्रम थापाको प्रमुख आतिथ्यता रहेको थियो । 
स्थायी सचिवालय निर्माण नहुन्जेलसम्मका लागि जेसीजको गतिविधि सन्चालनका लागि सम्पर्क सचिवालय सन्चालनमा ल्याइएको अध्यक्ष अधिकारीले बताए । प्रमुख अतिथि थापाले प्रस्तावित शाखा रहँदै युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सकृयता देखाएकोमा खुसी व्यक्त गर्दै योजनावद्ध सबैसंग समन्वय गर्दै अभियान सन्चालन गर्न अनुरोध गरे । 
सप्ताह अन्तर्गत जेसीजका सदस्यका बीच जेसीजको बिषयमा हाजिरीजवाफ प्रतियोगिता भएको छ । प्रतियोगितामा तीनजना उपाध्यक्षहरु मिलन ढुंगाना, सुरेश गौतम र मनोज बिष्ट प्रथम, द्वितीय र तृतीय भएका छन् । उनीहरुलाई जेसीज सप्ताह समापनको क्रममा क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । 
प्रतियोगितामा ११ जना जेसीज सदस्यहरुले सहभागिता जनाएका थिए । कार्यक्रम संयोजक जयराम रिजालको संयोजकत्वमा कार्यक्रम भएको हो । सोमबार राक्सिराङमा रहेको श्री आधारभुत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण र मनहरी ३ लामिटारमा लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम हुनेछ । स्थानीय टोल विकाससँस्थाको आग्रहमा लागूऔषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार