Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मामाघर नेपालको सहयोगार्थ महायज्ञ हुने

DSC_8508-1514380567.JPG

१२ पुष, हेटौँडा । सडक बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्रीमद् भागवत १०८ सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिको आयोजना यही पुष १७ गतेदेखि २५ गतेसम्म महायज्ञ हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । 
पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ व्यवस्थापक लबराज अधिकारीले धार्मिक, शैक्षिक एवम् सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका तथा जीर्ण मन्दिरको सहयोगको लागि आर्थिक सहयोग जुटाउन महायज्ञ सञ्चालन गर्दै आएको बताए । 
एक बर्षबाट सुरु भएको महायज्ञ अभियानको १५ औं स्थानको रुपमा मामाघर नेपालको नबनिर्मित भवन निर्माण सहयोगार्थ हेटौंडा ७ चिसापानी चोकमा महायज्ञ गर्न लागिएको अधिकारीको भनाई छ । हालसम्म मकवानपुर लगाएत देशका अन्य विभिन्न १४ स्थानमा शैक्षिक भवन निर्माण, मन्दिर निमाृण एवम् जीर्णेद्धार गर्ने उद्धेश्यले महायज्ञ सम्पन्न भएको उनले जानकारी दिए । 
अनुमानित ६ लाखको खर्च हुने महायज्ञमा २० लाख रुपैंयाको नगद तथा जीन्सी संकलन गर्ने लक्ष्य राखिएको महायज्ञ व्यवस्थापक अधिकारीले बताए । उनले महायज्ञमा भएको खर्च कटाएर बाँकी रहेको सम्पूर्ण रकम मामाघर नेपालको भवन निर्माण सहयोगार्थ प्रदान गरिने जानकारी दिए । 
२५ गतेसम्म हुने महायज्ञमा प्रमुख बाचक बालव्यास पण्डित मनिषशरण खनाल र उपवाचक पण्डित बिनोद सापकोटाले संगीतमय कथा वाचन गर्नुहुने बताइएको छ । महायज्ञको उद्घाटन पुष १७ गते कार्यक्रम स्थलबाट शोभा कलश यात्रा सहित त्रिवेणीधाम परिक्रमा गरी कार्यक्रम स्थलमा आई कलश स्थापना गरिने आयोजकले जनाएको छ ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार