१२ पुष, हेटौँडा । सडक बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । श्रीमद् भागवत १०८ सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिको आयोजना यही पुष १७ गतेदेखि २५ गतेसम्म महायज्ञ हुने बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै महायज्ञ व्यवस्थापक लबराज अधिकारीले धार्मिक, शैक्षिक एवम् सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएका तथा जीर्ण मन्दिरको सहयोगको लागि आर्थिक सहयोग जुटाउन महायज्ञ सञ्चालन गर्दै आएको बताए ।
एक बर्षबाट सुरु भएको महायज्ञ अभियानको १५ औं स्थानको रुपमा मामाघर नेपालको नबनिर्मित भवन निर्माण सहयोगार्थ हेटौंडा ७ चिसापानी चोकमा महायज्ञ गर्न लागिएको अधिकारीको भनाई छ । हालसम्म मकवानपुर लगाएत देशका अन्य विभिन्न १४ स्थानमा शैक्षिक भवन निर्माण, मन्दिर निमाृण एवम् जीर्णेद्धार गर्ने उद्धेश्यले महायज्ञ सम्पन्न भएको उनले जानकारी दिए ।
अनुमानित ६ लाखको खर्च हुने महायज्ञमा २० लाख रुपैंयाको नगद तथा जीन्सी संकलन गर्ने लक्ष्य राखिएको महायज्ञ व्यवस्थापक अधिकारीले बताए । उनले महायज्ञमा भएको खर्च कटाएर बाँकी रहेको सम्पूर्ण रकम मामाघर नेपालको भवन निर्माण सहयोगार्थ प्रदान गरिने जानकारी दिए ।
२५ गतेसम्म हुने महायज्ञमा प्रमुख बाचक बालव्यास पण्डित मनिषशरण खनाल र उपवाचक पण्डित बिनोद सापकोटाले संगीतमय कथा वाचन गर्नुहुने बताइएको छ । महायज्ञको उद्घाटन पुष १७ गते कार्यक्रम स्थलबाट शोभा कलश यात्रा सहित त्रिवेणीधाम परिक्रमा गरी कार्यक्रम स्थलमा आई कलश स्थापना गरिने आयोजकले जनाएको छ ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

















